Categories: बाल कथा

“गुरुपूर्णिमाको उपहार”

गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ

कक्षामा गुरुपूर्णिमाको अवसरमा सरला गुरुआमालाई उपहार दिनको लागि तँछाडमछाड चल्यो । केही समय रोकिएर उपहार दिने धैर्यता कसैसँग पनि भएन । सबैले उपहार दिइसकेपछि सबैभन्दा अन्तिममा सुशान्तले एउटा पट्याएको कागज र खामभित्र केही चिज हालेर दियो । गुरुआमाले कागज खोलेर खुसुक्क हेरिन् । उनी सुशान्तपट्टि हेरेर मुसुक्क हाँसिन् । उसले पनि मीठो हाँसोद्वारा गुरुआमाको हाँसोको स्वागत गर्यो । यो देखेर अरु विद्यार्थीहरु मुखामुख गरे । उनीहरूले गुरुआमालाई सबभन्दा कसको उपहार मन पर्यो भनेर सोधे ।


सरलाले भनिन् , ” बेलुकी मेरो स्टोरीमा हेर्नू ।”
सबैजना बेलुकीको प्रतीक्षामा बसे । उनले सुशान्तले दिएको उपहार र चिठी दुबैको फोटो राख्दै लेखेकी रहेछिन् ,” आजको गुरुपूर्णिमामा मैले पाएको सबैभन्दा बहुमूल्य उपहार !”
यो देखेपछि पक्कै गुरुआमालाई मैले दिएको उपहार मन पर्यो होला भनेर बेलुकी गुरुआमाको स्टोरी हेर्न व्यग्र प्रतीक्षा गरिरहेका विद्यार्थीहरु सुरुमा त खिन्न भए तर जब सुशान्तको चिठीमा लेखिएका कुरामा उनीहरूका आँखा अडिए तब उनीहरूको मनमा गुरुआमाप्रति कुनै गुनासो रहेन । जसमा लेखिएको थियो , ” आज म जे छु , हजुरकै कारणले छु । आमाबाबु दुबै नभएको म टुहुरोलाई जिन्दगीको अर्थ बुझाउने र कक्षामा प्रथम स्थान हासिल गर्न सफल बनाउने हजुरजस्ती देवीलाई आजको दिन प्रसादस्वरुप मेरो मार्कसिटको प्रतिलिपी उपहार दिएको छु, स्वीकार्नुहोला ।”

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

20 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

21 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago