सुरेशकुमार पाण्डे
दाङ घोराही १८
“किन रोएको हँ ?”- सेतुलाई रोएको देखेर मास्टर रूकमानले आश्चार्य हुँदै सोधे।
ऊ आँखा मिच्दै भित्रतिर दौडियो। सानो तीन कलासमा पढ्ने आठ वर्षिय छात्र । “होइन यो सेतु कता भाग्यो हँ मने स्कुल जान ढिला भएन ?”-रूकमानले आर्को प्रश्न राखे तर कुनै उत्तर आएन। भित्र भने गन्गन चलिरहेको थियो। ” जानुपर्दैन स्कुल गाई लिएर ग्वाला जा।”-भित्रबाट आएको आवाज रूकमानले प्रष्टसँग सुने।
“ए माईला दाई ! मनेलाई केभाको छ भित्र ?”- रूकमानले फेरि पनि बाहिरबाट अलि चर्को स्वरमा भने। “केही होइन भाइ घरेलु कुरा हुन।”- रविले भित्रैबाट उत्तर फर्काए।
“होइन मने ! आज घरेलु कुरामात्र बाहिर आउने आफू बाहिर ननिस्कने होकी क्या हो ?”- मास्टर रूकमानको चर्को स्वर सुनेपछि रवि बाहिर आए।
“त्यो सेतुलाई स्कुल पठाउँने होइन कि क्याहो ? उसको परीक्षा छ आज देखि।”- रूकमानले याद दिलाउँदै भने। उनी सोही स्कुलका मास्टर हुँन।
“पढाउँने होइन यस्लाई जहिले पनि पैसा भन्छ। घरमा गाई भैँसी हेर्ने ग्वाला छैन। पैसा दिएर कसले पठाउँछ स्कुल ?”-रविले उल्टै प्रश्न ठडाए।
“मने छोरा छोरी जन्माएर काम सिध्यो क्या हो ? आफूले नपढाएर कसले पढाउँछ त आफ्नो बालबच्चा ? अहिले पढ्ने बेलामा ग्वाला छोराको भविष्यको कसले हो ख्याल गर्ने ?”-मास्टर रूकमानले आश्चार्य हुँदै सम्झाए।
“मसँग पैसा छैन भाइ !”-रविले भने।
“अंस्तिको दिन गोरू बेचेको पैसा कहाँ गयो मने ? तास खेल्नेबेला बुद्धि पुर्याउनु पर्दैन।”-रूकमानले हकार्दै भने।” जुवा हारेको हो भाइ अब खेल्दिन।”-उनीले उदाश हुँदै भने।
“सेतु आइज मिल्यो तेरो परीक्षा फिस।”-मास्टर रूकमानको कुराले सेतु खुसी भयो र स्कुल जान बाहिर निस्कियो।
प्रमाेद नेपाल काठमाडौँ- ५ "त्याे के काे बाेट हाे बाबा ?" कागतीकाे बाेट हाे नानू…
कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "होइन आज बिहानै फेरि के हो" श्रीमती ललिताको…
अजित आचार्य व्यास-९ कलेस्ती,तनहुँ हाल- मातातीर्थ, काठमाडौं आजको कक्षा सकेर बाहिर निस्कनु भन्दा अघि रामहरि…