Categories: कविता

“सम्झी गृहकार्य”

रामप्रसाद पन्थी
रेसुङ्गा न.पा. २ गुल्मी

कसाे गरी जाने हाेला पाठशाला भाेलि
बरू खाई सुत्ने हाे कि सिटामाेल गाेली।

गृहकार्य धेरै थियाे गर्या छैन पूरा
तर्साउदै दिदी भन्छिन् लगिदिन्छु कुरा।

विदा हुँदा यताउता डुल्दा बिते दिन
मेसाे परे माेबाइल हरें छिन छिन।

कैले चङ्गा कैले पिङ कैले द्याैसी भैली
दिन यसै बिती गए सधैँ हाँसी खेली।

घर बस्ने बानी लाग्याे हाँस्ने खेल्ने डुल्ने
बिग्री सक्यो बानी मेराे शब्दसित भुल्ने।

ठुलाबडा आफू भने रमाइलो गर्ने
हामीलाई नपढेकाे भनी आँखा तर्ने।

त्यसैले त छिटै ठूलाे हुने मन ला’छ
पढ्न लेख्न भने तर सधैँ गानाे गा’छ।

मुर्गा बन्नु पर्ने हाे कि लठ्ठी खानु पर्ने
पाठशाला जाने मन छैन कसाे गर्ने ?

मन खिन्न हुन थाल्याे सम्झी गृहकार्य
मनै खिन्न हुने काम किन अनिवार्य ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

17 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

18 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago