Categories: बाल कथा

जन्मभूमिको माया

दुर्गा घिमिरे

डाडाँ फेदीको वरको रुख एका-एक सुक्दै गएपछि त्यहाँ बस्ने चराचुरुङ्गी र जीवजन्तुहरूलाई आपत आइ लागेको थियो । के गर्ने कसो गर्ने भन्ने सन्दर्भमा त्यो रुखमा बसोबास गर्ने कुनै पनि जीवजन्तुहरू निर्णयमा पुग्न सकेका थिएनन् । त्यही वर रुखको मुखियाँ ढेडु बाँदरले बैठक आह्वान गरेका थिए । यो वरको रुखमा बसोबास गर्ने चराचुरुङ्गीबीच यस्तो समझदारी बनेको थियो कि कसैले कसैलाई हानी नगर्ने र एकले अर्कालाई सम्मान गर्ने र सुखदुःखमा साथ दिने । तल्कालै वरकाे रुखमुनि त्यस रुखका सबै सदस्यहरू भेला भएका थिए । त्यहाँ जम्मा भएकाहरूले आ-आफ्ना राय राख्न थाले, लोखर्के भन्दै थियो “अब हामी सबैले यो रुख छोडेर तल नदी छेउको करङको बाेटमा बसाई सर्नु पर्दछ त्यहाँका रुखका हाँगाहरू पनि ठूला छन्, हामीलाई पानी खानको लागि नदी पनि नजिकै पर्छ ।” लोखर्केको कुरामा न्याउरी मुसो, बन विराला आदिले समर्थन जनाएका थिए । सोही कुरामा सुगाले आफ्नो राय राख्यो,”कहाँ भन्नासाथ हामीले नदीको छेउको करङको बोटमा बस्न पाउछौँ र ! त्यो रुख मजुर मुखियाको हो, त्यहाँ सबैलाई मिलाएर राखेका छन् र भन्नासाथ हामीलाई बस्न देलान् जस्तो मलाई लाग्दैन ।” सुँगाको कुरामा मलेवा,गिद्ध र काग आदिले मुन्टो हल्लाएर समर्थन जनाएका थिए । उत्तम विकल्पका लागि त्यहाँका सबै सदस्यहरूले आ-आफ्ना सल्लाह सुझाव दिएका थिए तर कसैले पनि चित्त बुझ्दो उत्तर नपाएपछि बैठकको अध्यक्षता गरेका ढेडु बाँदरले भने,”अहिले नै हामीहरू मध्ये तीन जनाले मजुरलाई भेटाैँ, यतै आउन भन्छन् कि के गर्ने विचार दिन्छन् अनि मात्र बाँकी निर्णय गरौँला । ढेडु बाँदरको आदेश मुताविक – न्याउरीमुसो, बाज, र वकुल्ला ,मजुर मुखियालाई भेट्न पुगेका थिए । रुखको गेटमा पुग्नसाथ “किन आयोै ? के काम पर्यो ? “मजुरले नयाँ पाहुनालाई सोधे । “हजुर हाम्रो डाडाँ फेदीको वर सुक्दै गयो त्यसैले यस्ताे आपतकाे घडीमा बस्ने ठाउँ हजुरले प्रदान गर्नहुन्छ कि भनेर हामीलाई हाम्रा मुखियाले पठाउनु भएको “तीनै जनाले विनम्र स्वरमा अनुनय विनय गरे ।” “ए त्यसो पो ! तिमीहरूले भोलि यो रुख सुक्यो भने के गर्छौ नि ? फेरि बसाई सर्दै हिँड्ने गर्छौ, सबैभन्दा पहिला आफू बसेको रुख कसरी सुक्यो खोज तलास गर । आफू बसेको घरको संरक्षण गर अनि बल्ल कहीँ बस्ने ठाउँ भएन भने बस्न जोहो गरौँला ।” मजुर मुखियाले भने । मजुर मुखियाको कुरो सुनेपछि, तीन प्रतिनिधि आफ्नो बासस्थान वरको बोटमा फर्केर आफ्ना मुखिया ढेडु बाँदरलाई सबै कुरो विस्तार गरे । तीन प्रतिनिधिको कुरा सुने पछि ढेडु बाँदरले सबै सदस्यलाई भेला हुने आदेश गरेका थिए । आफ्नो नेताको आदेश अनुसार सबै उपस्थित् भए । सबैलाई कामको जिम्मेवारी दिईएको थियो । वरको बोटको ऐजेरुलाई सुगाहरूले कोरेर फाले, बाँदरहरूले खोलाबाट पानी ल्याए , चुच्चे चराहरूले वरको बोट वरिपरि खनेर पानी र मल हालेका थिए । सबैले आ-आफ्ना तरिकाले काम गरेका थिए । यसरी हेर्दाहेर्दै सुकेको वरको रुख फेरि पलाउन थाल्यो,पुराना पातहरू झर्दै गएका थिए । यसरी एका-एक आफ्नो वरको रुखमा आएको परिवर्तनले सबै जीवजन्तु खुशी थिए । त्यो रुखका आफ्ना सदस्यहरूको हृदयत: सहयोग पाएकोमा मुखिया ढेडु पनि दङ्ग थिए ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

16 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

16 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago