गणेश दवाडी
लेटाङ -९ मोरङ
गुरुबाट कोही पनि दप्काइनु हुन्न
मनोबिज्ञान बुझ्नुपर्छ हप्काइनु हुन्न।
सम्झाएर बुझाएर सहि मार्ग हिड्न
सिकाउनु पर्छ सदा पार्नु हुन्न खिन्न
दुष्ट बोली वचनले छप्काइनु हुन्न
यस्तो उस्तो भन्दै खाली तर्साइनु हुन्न।
बिचरा हुन् नानीहरू ज्ञान सिक्न आउँछन्
जीवन के हो सिक्नलाई पाठशाला धाउँछ्न्
कलिला हुन् यी बिरुवा मर्काइनु हुन्न
हुर्काउन स्याहार गरौं थर्काइनु हुन्न।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…