सरस्वती पूजा


सत्यजीत

“अचम्मको कुरा छ है, सरस्वती पूजा गर्ने देशहरूमा शिक्षाको अवस्था कमजोर, तर नगर्ने देशहरूमा विज्ञान, प्रविधि र शिक्षा निकै उन्नतस्तरको आकडा।”- रोहनले पत्रिका पल्टाउँदै भन्यो।
“हामीलाई सानैदेखि विद्याकी देवी सरस्वती भनेर सिकाएको छ। तिमी धेरै जान्ने नबन।”-बीचैमा अंकितले खण्डन गर्यो।
तर विश्वविद्यालयको स्तर कमजोर छ, वैज्ञानिक अनुसन्धान न्यून छ। आखिर सरस्वतीले के योगदान दिएकी थिइन् र उनको योग्यता के छ त? भन अंकित-रोहनले प्रश्न खडा गर्यो।
बाहिर धाममा बसेका प्रोफेसर शर्मा एक्कासि लाइब्रेरी पसे दुबैजना मौन बने।
“वास्तवमा, इतिहासमा सरस्वती नामकी कुनै देवीले कुनै वैज्ञानिक अविष्कार गरेको प्रमाण छैन। त्यो प्रतीकात्मक हो।” अंकिततिर संकेत गर्दै प्रोफेसरले भने।
“तर वास्तविक ज्ञान त परिश्रम र अनुसन्धानबाट आउँछ, पूजाबाट होइन।” सोच, संसारका उत्कृष्ट विश्वविद्यालयहरू कहाँ छन्? हार्भर्ड, एमआइटी, अक्सफोर्ड-कुनैमा पनि सरस्वतीको पूजा हुँदैन, तर तिनीहरू शिक्षा र अनुसन्धानमा धेरै अगाडि छन्। प्रोफेसरले थपे।
“सरस्वतीलाई पूजा गर्नुभन्दा वैज्ञानिक सोचलाई प्राथमिकता दिदा कसो होला?” रोहनले जिज्ञासा राख्यो।बिल्कुलै! यदि हामी शिक्षाको सुधार चाहन्छौं भने वैज्ञानिक पद्धति, अनुसन्धान, नवप्रवर्तन (innovation) लाई महत्व दिनुपर्छ। पूजा गरेर होइन, अध्ययन, तर्क, प्रयोग र आविष्कारमा मात्रै प्रगति सम्भव छ। शिक्षा भावनामा होइन, तर्कमा अडिनु पर्छ। सरस्वतीको प्रतीकात्मक पूजा गर्नुभन्दा पुस्तक पढ्ने, अनुसन्धान गर्ने, लाइब्रेरी र प्रयोगशालामा समय बिताउने, नयाँ कुरा सिर्जना गर्ने-यी कुराले मात्र शिक्षामा सुधार ल्याउँछ। प्रफेसरले प्रष्ट पार्ने कोसिस गरे।
सही भन्नुभयो सर, “अबदेखि सरस्वतीको तस्बिरमा फूल चढाउने समय पुस्तक पढ्नमा खर्च गर्ने गर्छु!” अंकित कन्भिन्स हुदै त्यहाबाट हिड्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

40 minutes ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

54 minutes ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago