नन्दलाल आचार्य
उदयपुर

“बहिराले सुन्ने, अन्धाले समेत देख्ने भाषा भइदिएको भए कस्तो हुन्थ्यो ?” बुढी आमैले गुनगुनाइन्, आफ्ना नदेखिने आँखाले सडकको चहलपहल अनुभव गर्दै।
सहरको भिडमा कोही गन्तव्यतर्फ दौडिरहेका थिए, कोही आफ्नै संसारमा हराइरहेका । एक युवती आमाको सामु आएर रोकिइन् । उनको काँधमा मरन्च्याँसे बच्चा थियो, जसको अनुहारमा गहिरो उदासीको छायाँ झल्किएको थियो।
“आमा,” युवतीको स्वर थरथराएको थियो, “यो बालकलाई माया गर्ने हृदय कतै भेट्दिनँ । के म हजुरबाट केही राहत पाउन सक्छु ?”
आमाले आफ्नो जीर्ण गोजीबाट दुई थोत्रा नोट निकालिन् । ती उनका लागि पनि अमूल्य थिए । तर उनले मुस्कुराउँदै नोट ती युवतीको हातमा थम्याइन्।
“बालकलाई खुशी दिन सक्यौ भने, यो नोटभन्दा ठूलो सम्पत्ति मेरो लागि केही हुने छैन ।” उनले भनिन् । युवतीका आँखा आँसुले पुरिए । उनले आमाका हात समाउँदै भनिन्, “तपाईँको दयाले मलाई देख्न नसक्ने आँखाको दर्शन गरायो।”
आमाले शून्यतिर हेर्दै भनिन्, “दया आफैँ एक प्रकाश हो, जसले अन्धकार भित्रको जीवन उज्यालो बनाउँछ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

2 weeks ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

2 weeks ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

2 weeks ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

2 weeks ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

2 weeks ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

2 weeks ago