नन्दलाल आचार्य
उदयपुर

“बहिराले सुन्ने, अन्धाले समेत देख्ने भाषा भइदिएको भए कस्तो हुन्थ्यो ?” बुढी आमैले गुनगुनाइन्, आफ्ना नदेखिने आँखाले सडकको चहलपहल अनुभव गर्दै।
सहरको भिडमा कोही गन्तव्यतर्फ दौडिरहेका थिए, कोही आफ्नै संसारमा हराइरहेका । एक युवती आमाको सामु आएर रोकिइन् । उनको काँधमा मरन्च्याँसे बच्चा थियो, जसको अनुहारमा गहिरो उदासीको छायाँ झल्किएको थियो।
“आमा,” युवतीको स्वर थरथराएको थियो, “यो बालकलाई माया गर्ने हृदय कतै भेट्दिनँ । के म हजुरबाट केही राहत पाउन सक्छु ?”
आमाले आफ्नो जीर्ण गोजीबाट दुई थोत्रा नोट निकालिन् । ती उनका लागि पनि अमूल्य थिए । तर उनले मुस्कुराउँदै नोट ती युवतीको हातमा थम्याइन्।
“बालकलाई खुशी दिन सक्यौ भने, यो नोटभन्दा ठूलो सम्पत्ति मेरो लागि केही हुने छैन ।” उनले भनिन् । युवतीका आँखा आँसुले पुरिए । उनले आमाका हात समाउँदै भनिन्, “तपाईँको दयाले मलाई देख्न नसक्ने आँखाको दर्शन गरायो।”
आमाले शून्यतिर हेर्दै भनिन्, “दया आफैँ एक प्रकाश हो, जसले अन्धकार भित्रको जीवन उज्यालो बनाउँछ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

23 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

23 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

24 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago