Categories: बाल कथा

सहयोग


तारा एस. राई
जुम, सोरेङ जिल्ला
सिक्किम

“तिमी किताबको कीरो हो ?” किताबहरू ताकमा राख्दै मैले सोधेँ।
ठट्टा गर्दै उसले जवाफ दियो, “के को किताबको कीरो ! म शुभम।“ र ऊ मुसुक्क हाँस्यो।
म र ऊ छिमेकी हौँ। सँगै पढेका साथी पनि।
मानौँ शुभमको सोख नै हो पुस्तकहरु संकलन गर्ने। बजारमा नयाँ पुस्तक आयो भने किनी हाल्छ उसले। उसले कुनै पुस्तक सित्तैमा लिँदैन पनि। उसले छापाखानामा खर्च भएको सोच्छ। समय मिल्दा मात्र ऊ किताब पढ्छ। तर किन्न भने छोड्दैन। अन्य साथीहरूले भने गुट्का, मदिरा र चुरोटमा खर्च गर्छन्। यी सामग्रीहरूमा खर्च कम गरेर उसले पुस्तक किनिरहेको हुन्छ। एउटा सानो पुस्तकालय बनाएर उसले पुस्तकहरु राख्दै थियो। त्यहाँ म गएर उसलाई सहयोग गर्न थालेँ।
हातले संकेत गर्दै मैले सोधेँ, “तिमीले यी सबै पढिसकेका छौ ?”
उसले भन्यो, “यति भरिमा मैले एक पावा चैँ पढेँ हुँला। पढ्नु पर्नेहरू लाइनमा छन्। मैले त लेखन्तेहरूलाई लेख्ने हौसला दिएर सहयोग गर्दैछु। यसो गरेन भने हाम्रो समाजको बारेमा कसले लेख्ने ?”
काम सकियो। पुस्तकालय चिटिक्क देख्यो। ऊ दँग भयो। फोटो खिचेर मैले सामाजिक संजालमा साझा गरेँ।
अन्तमा उसले भन्यो, “मैले पुस्तक पढ्न थाले पछि मेरो नानीहरू पनि पाठशालाको पाठ्यक्रमका पाठहरू पढ्न थालेका छन्। हिज आज त मैले पढ् भन्नु पर्दैन।“
मसँग जवाफ थिएन। छोरी सिम्रनलाई पढ भन्दा पनि नपढेको मैले झल्याँस्स सम्झेँ।
बिदा गरेर मनमा सोच्दै म घरतिर लागेँ, “नानीहरूले त ठूला बडालाई हेरेर नै सिक्ने हो। तर मलाई पुस्तक पढ्ने आदत छैन। अब म पनि पुस्तक पढ्ने स्वाङ गर्छु। कतै पढ्ने बानी बसी हाल्छ कि ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

फूलको आगमन

सुमन कडरिया चितवन एउटा बिहान आमाले छोरीको अनुहारमा असजिलो भाव देखिन्। “के भयो नानी ?”…

54 minutes ago

मध्य वर्षा ऋतुको अवस्था

शोभा कोइराला गर्मी जाऊ अब त अति भो मेघमाला खुलाई खोलानाला जमिन हरिया ग्रीष्मले छ्न्…

2 hours ago

नाग पूजा

सावित्रा शिवाकोटी जिउँदा नागको संरक्षण गर्नु पर्यावरण संरक्षण गर्नु हो । तर जीउँदा नाग/सर्प पालेर…

1 day ago

“आकाशकी परी”

रमेशचन्द्र घिमिरे झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी हामीसँग खेल्न आऊ आकाशकी परी। हावासँग उड्दै मिठो…

1 day ago

अवसर

विष्णु भण्डारी आचार्य बेलबारी, मोरङ" “प्रज्वल, हैन तँलाई पढ्न मन छैन ? खाली त्यही रामेसँग…

1 day ago