Categories: कविता

मध्य वर्षा ऋतुको अवस्था


शोभा कोइराला

गर्मी जाऊ अब त अति भो मेघमाला खुलाई
खोलानाला जमिन हरिया ग्रीष्मले छ्न् सुकाई
वर्षा आऊ झमझम गरी खेतमा होस् परान
आगो फाल्दै दिनकर उता झुल्किँदै छन् बिहान।

तातो हावा अति छ दरिलो रातमा शीत छैन
बच्चा वृद्धा कृषक सबको ज्यानमा प्रीत छैन
यस्तो बेला प्रकृति किन हो भूल्छ आफ्नाे विधान
आगो फाल्दै दिनकर उता झुल्किँदै छन् बिहान।

वर्षारानी झरझर गरून् देह ठन्डा गराई
धर्तीमाता गगनपुरको वर्षणामा रमाई
सातो जाने रविशशि मिले मान्छ को नै विधान
आगो फाल्दै दिनकर उता झुल्किँदै छन् बिहान।

पट्पट् धर्ती अति पिर खपी चर्किएको छ देख्दा
खेला खेल्ने अधिपति कतै छैनझैँ लाग्छ लेख्दा
रोप्ने फल्ने समय बलियो आस लाग्दैछ गान
आगो फाल्दै दिनकर उता झुल्किँदै छन् बिहान।

आधा भन्दै समय गतिको रोकिने नै हुँदैन
तातो भन्दा रविकिरणले दान अर्को दिँदैन
उल्टो सुल्टो गति छ विधिको हुन्न केही समान
आगो फाल्दै दिनकर उता झुल्किँदै छन् बिहान।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

फूलको आगमन

सुमन कडरिया चितवन एउटा बिहान आमाले छोरीको अनुहारमा असजिलो भाव देखिन्। “के भयो नानी ?”…

50 minutes ago

सहयोग

तारा एस. राई जुम, सोरेङ जिल्ला सिक्किम “तिमी किताबको कीरो हो ?” किताबहरू ताकमा राख्दै…

1 hour ago

नाग पूजा

सावित्रा शिवाकोटी जिउँदा नागको संरक्षण गर्नु पर्यावरण संरक्षण गर्नु हो । तर जीउँदा नाग/सर्प पालेर…

1 day ago

“आकाशकी परी”

रमेशचन्द्र घिमिरे झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी हामीसँग खेल्न आऊ आकाशकी परी। हावासँग उड्दै मिठो…

1 day ago

अवसर

विष्णु भण्डारी आचार्य बेलबारी, मोरङ" “प्रज्वल, हैन तँलाई पढ्न मन छैन ? खाली त्यही रामेसँग…

1 day ago