Categories: बाल कथा

“साथी”


कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा

“मम्मी.. मम्मी.. ए मम्मी, कता हुनुहन्छ ? सानी छाेरी प्रेमा विद्यालयबाट आउँदै चिच्याइन्।
“आउँदा आउँदै किन हो यति विधि चिच्याएको प्रेमा ? के भयो र” मम्मी अलि झर्कैंदै बाहिर आएर बोलिन। “हरे शिव, हजुरलाई जति भने पनि भएन है,यस्तो कुरा त आफैँले जान्नु पर्ने होइन र ? कति पटक भनी सकेँ यो सुर्ती,रक्सी सेवन गर्न सबै छाडी दिनुस् भनेर,पटक्कै हुँदैन, हेर त मुख कस्तो ह्वास्स गन्हाएको छ दिउँसैमा खाएर बसेको पो हुनुहुँदोरछ” ठूली छाेरी शान्ता पनि चिन्ता मान्दै कराइन।
“यो त मेरो मन भुलाउने कुरा हो छाेरी, तेरो बाबा सँगै खाने बानी पर्यो,जति गरे पनि छाड्नै सकिएन, उहाँ बितेर गए पछि त झन् मेरो एकान्तको साथी पो भएको छ” मम्मी अलि रिसाउँदै भनिन्, “यस्तो काम तत्काल बन्द गर्नुस् मम्मी,हजुर बाहेक हाम्रोको छ र ? हामी साना छौँ ,पढ्दै छौँ, आफ्नो स्वास्थ्यलाई कति असर गर्छ,त्यो सबै थाहा पाउँदा पाउँदै पनि तपाईँ यस्तो घिन लाग्ने काम गर्ने ? अस्ति मेरो साथी मिनाले तिम्रो मम्मीको रक्सी खाने आदत रहेछ,भेट हुँदा कस्तो गन्हाएको थियो भनेर सबै साथी भाइको माझमा भन्दा मलाई मरेको जुनी भयो, अब पनि यस्तै कार्य दोहोरियो भने,मैले स्कूलका शिक्षक,मेरा साथीहरु ल्याएर तपाईँको तमासा गराउने छु बुझ्नु भो” शान्ता आँखा भरी आँशु लिंदै निकै आक्रोशित बन्दै बोलिन। मम्मी छाेरीहरुलाई ठूला ठूला आँखाले हेर्दै भित्र पसिन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

22 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

22 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

2 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

2 days ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

2 days ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

3 days ago