तुलसी पण्डित
सुदेस नौ कक्षामा पढ्ने विद्यार्थी हो । ऊ पढ्नमा तेज थियो । ऊ पढाइको साथै अरु साहित्य विधाहरु पनि पढ्ने गर्थ्यो । रेडियोमा आएका हरेक कार्यक्रम सुन्ने गर्थ्यो । अझ ऊ भन्ने गर्थ्यो । मलाई पढ्न बस्दा रेडियो न भइ हुँदैन । यो साथमा भएन भने मलाई पढ्न मन लाग्दैन । यसले गर्दा त मैले अतिरिक्त क्रियाकलापमा नगद र पुरस्कार हात पारेको छु । अझ प्रश्नोउत्तर कार्यक्रम सफल पार्न धेरै सामान्य ज्ञानका पुस्तकहरु मुखाग्र पारेको छु । जहाँबाट सोधे पनि म क्षणिक समयमा उत्तर दिन सक्छु । सबैले भन्ने गर्छन् ।
“यसको दिमाग कम्पुटर हो ।”
एकदिन कक्षामा गुरुले पुस्ताकालयको बारेमा प्रष्टाउदै भन्नु भयो ।
“पुस्ताकालय ज्ञानको भण्डार हो । जसले पुस्ताकालयको सङ्गत गर्छ । उसको ज्ञानमा श्री बृद्धि हुनेछ । अझ सकिन्छ भने आफ्नै घरमा सानो पुस्ताकालय बनाउन सके फेसबुकको लत हराउने छ। ज्ञान आर्जनमा समय खर्चन सके उसले सदैव सफलता चुम्ने छ ।”
सुदेशले जुरुक्क उठेर भन्यो ।
“गुरु स्कूलमा भएको पुस्ताकालय सधैँ सदुपयोग गर्न पाइदैन । बरु आफ्नै घरमा पुस्ताकालय भएत पढाइलाई आवश्यक पर्ने पुस्तक निकाल्दै पढ्न पाइन्थ्यो ?”
“हो तिमीले ठिक भन्यौ । यसबाट हामीलाई धेरै फाइदा हुन्छ। त्यसैले एक घर एक पुस्ताकालय हुन जरुरी छ ।”
सुदेशलाई गुरुको कुराले भित्र दिल छोयो । उसले घरको माथिल्लो तलामा बाँसबाट एक र्याक बनायो । त्यसैमा उसले आफूले पढेका पुस्तकहरु सजायो । त्यसपछि उसले फेसबुकमा लेख्यो ।
“म कक्षाको प्रथम विद्यार्थी हूँ । मलाई कक्षाको किताब साथै अरु कितावहरु पनि पढ्ने चाहना छ । यसबाट बढी भन्दा बढी ज्ञान आर्जन गर्न सकिन्छ भन्ने मलाई विश्वास छ । त्यसैको लागि मैले पुस्तक राख्न बासको र्याक बनाएको छु । त्यसमा धेरै पुस्तक सजाएर पुस्ताकालय खोल्ने जमर्को गरेको छु । अझ म भन्न चाहन्छु यदि मेरो सपना साकार भयो भने पुस्ताकालय सबैको लागि हुनेछ ।”
उसले यति कुरा फेसबुकमा लेखेर आफ्नो पुस्तक राख्ने र्याक सहित फेसबुकमा सजायो ।
केही समयपछि साहित्यकारहरुले आफूले लेखेका पुस्तकहरु पठाइ दिने घोषणा गरे ।
माथिको तला कितावले भरियो । उसले फुर्सदको बेलामा र्याकमा किताब सजायो ।
मान्छेहरु पुस्ताकालय हेर्न आउन थाले । पुस्ताकालयको लागि अझ राम्रा र आवश्यक र्याक दिने घोषणा गरे । पुस्ताकालय अझ व्यवस्थित भयो । गाउँका सबैले त्यसको सदुपयोग गर्न थाले । जनजागरण अभियान चल्यो । हल्ला फिजियो । यो हल्ला सुनेर एक संस्था आइ किताब र व्यवस्थित पुस्ताकालयको लागि घर बनाउन आर्थिक सहयोग गर्ने वचन दियो।
सबै जिल्ल परे।
भव्य घरमा भव्य पुस्ताकालय । सबैले सुदेशको तारिफ गर्न थाले।
“साँच्चै हो रहेछ ज्ञानले ज्ञानको खोजी गर्ने।”
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…