Categories: बाल कथा

सान्नानीको फुर्ती


प्राडा प्राज्ञ खेमराज खनाल
पिण्डेश्वर क्याम्पस
धरान-१४, सुनसरी

“आमा, आज त शनिबार, म पनि बजार जाने है ।” सान्नानीले भनिन् । आमाले भन्नुभयो, “ल, तयार पर त ।” सान्नानी खुसी भइन् । घाँघर-चोली लगाएर बाहिर निस्किन् । आमा-छोरी हाट हिँडे।
गाउँले हाट रमझम र भिडभाड थियो । कतै तरकारी फिँजाएर राखेका रहेछन् । कतै चटपटे र पानीपुरी खानेको भिड छ । कतै आइसक्रिम आइसक्रिम भन्दै छन् । कपडा असरल्ल छन् । बच्चाका खेलौना पनि छन् । सान्नानीलाई आइसक्रिम खान मन लाग्यो । गर्मीमा आइसक्रिमको मज्जा लिन थालिन् । आमाले दुईवटा गुडिया पनि किनिदिनु भयो । जिरा, मसला, चिनी र चियारङ पनि किन्नुभयो । बाबाले कतारबाट पैसा पठाइदिनु भएको थियो।
आमाछोरी घर आए । सान्नानी फुर्ती लाउँदै हिँड्न थालिन् । राधालाई भनिन्, “मैले त हाटाँ बरफ खाएँ नि । यी हेर गुडिया ।” उनले रमा, श्यामु, राजेश र पङ्कजलाई पनि भनिन् । सबैले घुटुक्क थुक निले । सबै मिलेर गुडिया खेलाए । आमाले बोलाउनु भयो । सान्नानी गइन् । कपडा फेरिन्।
साँझ झरी पर्यो । सान्नानीलाई स्याँकस्याँक भयो । आमाले टाउकामा तातो तोरीको तेल घसिदिनु भयो । भोलि बिहान सान्नानीको घाँटी बसेको थियो । छिमेकी काकीले भन्नुभयो, “बजारको घटिया बरफ खानुहुँदैनथ्यो ।” सान्नानी पछुताइन् । उनको फुर्ती स्वात्तै घट्यो । त्यसपछि त्यस्तो घटिया आइसक्रिम खाइनन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

3 days ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

3 days ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

3 days ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

3 days ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

4 days ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

4 days ago