Categories: बाल कथा

“सामाजिक संकुचन”

रञ्जुश्री पराजुली

एकछोरा एक छोरीभएको संभ्रान्त परिवार। आमा विद्यालयकी प्राचार्य । बुबा व्यवसायी । सुखी परिवार !
छोरा छोरी दुवै तन्नेरी भैसकेका थिए । उनीहरुलाई कुनै कुराको अभाव थिएन । आमा समाज सेवा पनि गर्दैथिन् । नारी स्वतन्त्रता बारे गहन भाषण गर्दैथिन् । नारीहरुको हकहित बारे आफुले सभामा बोलेको कुरा घर आएर छोरीलाई सुनाउँ थिइन् । उसलाई पनि नारी स्वतन्त्रता बारे सदैव उच्च विचार राख्ने र कामगर्ने सल्लाह दिन्थिन्। कलेज आउजाउ गर्दा एक दिन छोरीलाई एउटा स्कुटीले धक्कादियो। । चालक एकजना भलाद्मी उनकै समवयको केटा थिए वाइक रोकेर आफू सि.ए को विद्यार्थी भएको र कलेज जाँदै गरेको “चोटपटक लागेको भए अस्पताल पुर्याउँछु भन्दै नम्र हुँदै दुई हात जोडेर माफ मागे । स्कुटीले छोएको मात्र थियो । उनलाई केही भएको थिएन । ती दुई एक अर्कोप्रति आकर्षित भएर प्रेम वन्धनमा बाँधिए । ऊ सानो जातको थियो । केही समय पछि मौका हेरेर आमालाई “आफू एउटा असल ,शिक्षित केटा तर सानो जातिको सङ्ग प्रेममा परेको र त्यसै सङ्ग मात्र बिहे गर्छु” भन्दा आमाले सानो जाति सङ्ग बिहे गर्न “हाम्रो कुल घरानमा नै वर्जित छ। यसमा हामी सहमत हुदैनौँ ” भनेकी थिइन् । बुबाआमा मानेनन् भने आफुखुशी बिहे गर्ने उनीहरुले सोचेका थिए। त्यसको केही दिन पछि कलेज जान तयार हुँदै गर्दा भाइले आमासङ्ग ” म एउटा कुरा भन्छु मान्नु पर्छ है आमा । यो कुरामा तपाईले बाबालाई पनि मनाउँनु पर्छ ।” “कस्तो कुरा हो भनन ।तिमी त हाम्रो एक्लो छोरा हामी मानिहाल्छौं नि । बाबालाई मनाउँन गाह्रो छैन । त्यो मेरो जिम्वा । त्यस्तो कुरा के हो भन न त ?
“मैले संङै पढ्ने एउटी केटीलाई मन पराएको छु । तपाईंहरुले खोजेको नभै म त्यसै सङ्ग बिहे गर्छु । तर त्यो केटी हामी भन्दा तल्लो जात कि छ । तपाईंहरुले हुन्न भन्नू भयो भने पनि म त्यसै सङ्ग बिहे गरेर बेग्लै बस्न जान्छु।”
” ठूलो जातको छोरा मान्छेले जे जातकी केटी सङ्ग बिहे गरे पनि त्यसको जात झन बढ्छ । सन्तानहरु बाबुकै जातमा उक्ल्न छन् । तिमी चिन्ता नगर । हामी तिम्रो त्यही केटी सङ्ग धुमधान सङ्ग बिहे गरिदिन्छौं भनेको सुन्छे।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

18 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

19 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago