Categories: कविता

“सारथिकाे साथ”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

सारथि तिमी साहित्य रथ हाँकेर दाैडदा
बालक हामी खुसी छाैँ साथ रसमा पाैडदा।

सारथि बाल पत्रिका हाम्राे हितैषी साथी हाे
भावना हाम्रा बुझेर कृति दिनु याे जाती हाे।

सारथि तिमी रहनू सदा कर्मकाे साथमा
दर्शन दिनु गीताकाे राम्राे धर्मकाे पथमा।

रथकाे पाङ्ग्रा बलियो बनाेस् लक्ष्यमा पुगाेस
ज्ञानको सामु अज्ञान सदा धनु झैँ नुगाेस।

विभिन्न विधा कविता कथा लिएर काेशेली
संगीत बनी गुञ्जाेस गीत हालेर सुसेली।

लाेहाेरी हाल्नू सारथि तिमी बालक माझमा
आमाकाे साथ लुपुक्क लागाेस् सन्तान साँझमा।

प्रगति थुम्की चुमेर आओस् विजेता बनेर
जागृति ल्याओस् नेपाली हामी एउटै भनेर।

बालक हामी सारथि तिम्राे साथमै खडा छाैँ
हृदय खाेली सारथि तिमी धन्य छाै भन्दछाैँ।

यात्रामा तिमी नथाकी हिड्नु कामना गर्दछौँ
अर्जुन बनी सारथि तिम्राे शरण पर्दछाैँ।

सारथि बाल पत्रिका

Recent Posts

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

6 hours ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

6 hours ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

1 day ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

1 day ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

2 days ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

2 days ago