अन्जु शर्मा
रातोपुल
साहित्यकारहरूको भेला चलिरहेको थियो । पत्रकारले साहित्यकारहरूमाथि प्रश्न तेर्साए।
पत्रकार :”साहित्य के हो ? किन लेखिन्छ ?”
क) साहित्यकार: “साहित्य समाजको दर्पण हो । समाजको यथार्थता जस्ताकोतस्तै जान्नको लागि लेखिन्छ ।” ख)साहित्यकार : साहित्य समाजको मार्ग दर्श्क हो । यसले समाजलाई पछाडिका कुरा बाट शिक्षा लिएर अगाडि बढ्न प्रेरित गर्छ।
ग) साहित्यकार : साहित्य विशुद्ध मनोरञ्जन हो । आत्मासन्तुष्टिको लागि लेखिन्छ ।
वाचन विश्लेषण कार्यक्रम समापन भयो । भोकले आतुर बनाएको थियो । गोजी छामे सुक्को पैसा थिएन्।
छिटोछिटो घरफर्के श्रीमतीले तोबर्का मार्दै भनिन, “तिमी साहित्य सुनेर अगाएर आयौ होला ! हामीले खाइसक्यौँ।”
भोकले रन्थनिएको बेला उनीसँग मुख लाग्ने हिम्मत आएन।
चुपचाप भान्सातिर नियाल्दै थिएँ।आमाले “कान्छा! कर्म अनुसारको फल प्राप्त हुन्छ । भोको पेटले सुत्न त सकिन्न अरू कुरा के गरौँ ।”
म झसङ्ग भएँ।अनि आफैँले अर्थ लाएँ। “साहित्य त कर्म रहेछ। आज मैले सित्तैमा खान पाएको भए भोलिको भोकको व्यवस्थापन गर्न पक्कै असमर्थ हुन्थे।”
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…