Categories: बाल कथा

‘सम्प्रदाय’

धनसिंह विश्व
गेजिङ प० सिक्किम

“नानी बाबु! कस्का छोरा हौ ? नाम के हो ?”  दस बार बर्षका बालक एक्लै मन्दिरमा पूजा गर्नु आएको देखेर पुजारीले अचम्म मान्दै सोधे।
बालकले हाँस्दै भन्यो “बाजे म मोमद फिरोजको छोरा हूँ। मोमद हरुन हो मेरो नाम।”
पुजारी अचम्म मान्दै फेरी भन्छन् “अनि यहाँ ? कहाँ हिँडेको ? हातमा फूल अछेता धुप पनि बोकेका छौ त ?” बाजे! भोलि देखि हाम्रो बार्षिक परीक्षा छ । त्यसैले पूजा गरौँ भनेर आएको। बरु भन्नुहोस् न, सरस्वती माता कहाँ हुनुहुन्छ? बालकले हतोत्साहित हुँदै भन्यो।
“अनि तिमी गलत ठाउँमा आयौ नी त बाबु । तिमी त मज्जित जानुपर्थ्यो। अल्लाहलाई पुज्नु पर्नेथ्यो। बाटो बिर्सेउ कि? कसो ?” पुजारीले ठट्टा मुद्रामा हाँस्दै भने।
“किन? तपाईँको भगवान हाम्रो भगवान भन्दा सानो हो ? तपाईँको भगवानले मलाई परीक्षामा सफल बनाउँन सक्नु हुन्न र ?” बालकले जिज्ञासा राख्दै भन्यो।
त्यसो होइन! तर.. तिमीहरू मुस्लिम हौ र हामी हिन्दू। तिमीहरू मुस्लिमको लागि मज्जित छ र हाम्रो मन्दिर हो। स्पष्टीकरण दिँदै भने।
“भगवान त सबैको एउटै होइन र ? त्यही भगवानले त हामी सबैलाई बनाएका हुन्। ए! भनेपछि अहिले मन्दिरमा के भगवान छैनन् ?” फेरी प्रस्न गर्यो।
पुजारी केही झर्को माने झैं गरी भने, “होइन! तिम्रो र हाम्रो जात, धर्म, संस्कार, संस्कृति केही पनि मिल्दैन बाबु। बरु तिमी मज्जित नै जाउ। त्यही ठिक छ तिमीलाई।”
बालकले भने “होइन बाजे! कसरी मिल्दैन र ? पोहोर गाड़ी दुर्घटनामा पर्दा मेरो अब्बुले दिएको रगत तपाईँसित मिल्यो त, होइन ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

17 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

17 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago