धनसिंह विश्व
गेजिङ प० सिक्किम
“नानी बाबु! कस्का छोरा हौ ? नाम के हो ?” दस बार बर्षका बालक एक्लै मन्दिरमा पूजा गर्नु आएको देखेर पुजारीले अचम्म मान्दै सोधे।
बालकले हाँस्दै भन्यो “बाजे म मोमद फिरोजको छोरा हूँ। मोमद हरुन हो मेरो नाम।”
पुजारी अचम्म मान्दै फेरी भन्छन् “अनि यहाँ ? कहाँ हिँडेको ? हातमा फूल अछेता धुप पनि बोकेका छौ त ?” बाजे! भोलि देखि हाम्रो बार्षिक परीक्षा छ । त्यसैले पूजा गरौँ भनेर आएको। बरु भन्नुहोस् न, सरस्वती माता कहाँ हुनुहुन्छ? बालकले हतोत्साहित हुँदै भन्यो।
“अनि तिमी गलत ठाउँमा आयौ नी त बाबु । तिमी त मज्जित जानुपर्थ्यो। अल्लाहलाई पुज्नु पर्नेथ्यो। बाटो बिर्सेउ कि? कसो ?” पुजारीले ठट्टा मुद्रामा हाँस्दै भने।
“किन? तपाईँको भगवान हाम्रो भगवान भन्दा सानो हो ? तपाईँको भगवानले मलाई परीक्षामा सफल बनाउँन सक्नु हुन्न र ?” बालकले जिज्ञासा राख्दै भन्यो।
त्यसो होइन! तर.. तिमीहरू मुस्लिम हौ र हामी हिन्दू। तिमीहरू मुस्लिमको लागि मज्जित छ र हाम्रो मन्दिर हो। स्पष्टीकरण दिँदै भने।
“भगवान त सबैको एउटै होइन र ? त्यही भगवानले त हामी सबैलाई बनाएका हुन्। ए! भनेपछि अहिले मन्दिरमा के भगवान छैनन् ?” फेरी प्रस्न गर्यो।
पुजारी केही झर्को माने झैं गरी भने, “होइन! तिम्रो र हाम्रो जात, धर्म, संस्कार, संस्कृति केही पनि मिल्दैन बाबु। बरु तिमी मज्जित नै जाउ। त्यही ठिक छ तिमीलाई।”
बालकले भने “होइन बाजे! कसरी मिल्दैन र ? पोहोर गाड़ी दुर्घटनामा पर्दा मेरो अब्बुले दिएको रगत तपाईँसित मिल्यो त, होइन ?”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…