
रञ्जु खनाल
काेटेश्वर
“शारदीय आकासमा तिमी कति सुन्दर देखिएका छाै । तिम्राे माधुुर्यताकाे आभा बागैभरि छरिएर रहेकाे छ ।” भनेर जाई र जुहीले गुलाफकाे प्रशंसा गरे । याे सुनेर गुलाफ नतमस्तक भयाे । उतापट्टि फर्केर सयपत्री फूलले ईर्ष्याकाे ज्वाला भरभरायाे । जाई र जुहीले पत्तै पाएनन् । सूर्यमुखी फूलले सूर्यपट्टि झुकेर सयपत्री फूलकाे ईर्ष्याकाे भाव पढिरहेकाे थियाे । बागकै पूर्वपट्टि केही नुहेर आफ्नाे सुनाैलाे आभा सूर्यकाे कीरणसँगै मिसाएरअवनीमा सुगन्ध छर्दै सुनगाभा बाेल्याे- , “हाे त नि जाई र जुहीले भनेकाे कुरा साेह्रै आना सही हाे”- गुलाफ काँडाका बीचमा रहेर पनि कत्ति खिलेकाे चन्द्रमा जस्ताे।”
त्यसपछि सयपत्री फूलले हाँस्यात्मक अभिनय गर्दै व्यङ्ग्यात्मक बाेली बाेल्याे,-“छि ! तिमी त काँडै काँडाले घेरिएकाे जाे काेहीले हात लगाउन पनि हिच्किचाउँछ !”
सयपत्री फूलकाे वक्र उक्तिले गुलाफ फूल एक छिन गम खायाे अनि पावनिक झाेक्कासँगै आफ्नाे सुवास छर्दै भन्याे,-“त्यसैले त तिमीभन्दा म बढी सुरक्षित छु नि!”





