Categories: बाल कथा

हिसाब


बिष्णुप्रसाद उप्रेती
बिर्तामोड ४ झापा

“बाबा , अघिदेखि केके गर्दै हुनु हुन्छ ? निकै ब्यास्त देख्छु।”
“के गर्नु र छाेरी। दशैँले भाँचेकाे ढाड, अब तिहारले कति टुक्रा पार्ने हाे भनेर यसाे हिसाब गर्दै छु।”
बाबुले फेरि भने — ” लक्ष्मी पुजागर्ने, झिलिमिली बत्ती बाल्ने, देउसी भैलाीलाई दिने,गौ पुजागर्ने, सेलरोटी मिठाइँ फलफुलकाे जाेहाे गर्ने, चेलीबेटीलाई दिने , सबै माेटामाेटी हिसाब गर्दा , साठी हजार कट्याे। आम्दानी छ ,चालीस हजार । बीस हजार पुग्दैन । अब कसाे गर्ने हाेला भनेर टाउकाे दुखाउदै छु नि , छाेरी।”
“तेसरी काहाँ हुन्छ र बाबा, चाहाडपर्ब त खुसीले रमाएर मनाउने हाे। रिन गरेर, टाउको दुखाएर,कतै हुन्छ ?”
छाेरीले फेरि भनिन्। –” अब म बुद्धि सिकाउछु बाबा। पहिला आफ्नाे आम्दानीकाे हिसाब गर्नु पर्छ। अनि तेसकाे दस प्रतिशत पर सार्नु पर्छ , याे चलाउदिन है भन्ने बाचा गरेर। अनि बाँकी रहेकाे पैसाले खर्च भाग गर्नु पर्छ। जतिजति पुग्छ , तेतिमात्र खर्च गर्नु पर्छ। पहिला घाँटी हेरि अनि हाड निल्नु पर्छ । नत्र हाड अड्केर मरिन्छ।”
“तेराे कुरा त ठिकै हाे छाेरी ,तर सबै रिसाउछन् । सबैकाेअनुहार अँध्यारो हुन्छ नि त । दिक्क मान्छन्।” बाबुले भने।
“रिसाएर के हुन्छ त बाबा ? आफुले मिठाे बाेलेर , राम्रो तरिकाले सम्झाउनु पर्छ। बुझ्नेले बुझ्छन् ,जाे अबुझ ,मुर्ख छ, त्याे रिसाउछ। हिसाब किताबले चल्नु पर्छ। रिसाउने, बेखुसी हुने हुँदै गर्छन। आखिर आफ्नाले छाेडेर जाँदैनन् क्यार।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

14 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

15 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago