Categories: बाल कथा

हिम्मतिलो रूख


अन्जु शर्मा
रातोपुल

चरा भुर्र उडे।
झट्टी सँगै आँप भूइँमा खसे।
काले र मानेले गोजीभरि आँप लिएर टाप ठोके।
धनेकाका यो दृश्यले आँसु पुछ्दै टोलाउनुभयो।
“काका ! साना विद्यार्थी हुन्। गल्ती गरिहाले । म कक्षामा गएर संझाउँछु । चिन्ता नगर्नुस् ।” जयराम सरले ढाडस दिनुभयो।
“सर म विद्यार्थीले आँप झारेकोमा दुःखी भएको हैन। त्यो रूखको जस्तो सहन शक्ति ममा किन आएन भनेर पो चिन्ता गरेको !”
“यो उमेरमा आएर के चिन्ता पर्यो काका ?” जयराम सरले जान्न खोज्नुभयो।ृ
“सर! त्यो बूढो आँपको रूखमा, कोही ढुङ्गा ,कोही झट्टी हान्छन्। कोही रूखमा चढेर हाँगा भाँच्छन्। टाँसिएर,गाँसिएर आएका पात नफर्किने गरि छुट्टिएर जान्छन् । तर पनि त्यो रूखलाई कति गुनासो छैन । त्यो बूढो आँपको रूखलाई तेरो र मेरो गरेर मेरा दुई छोराको पानी बाराबार भाछ। त्यो बूढो रूखले कहिले पनि म फलानाको भागमा परेको छु भन्दै भन्दैन्! क्या हिम्मतिलो रूख !”
“ओहो काका! प्रकृति यति धेरै स्वर्थरहित हुन्छ भन्ने कुरा त देखेर हैन महशुस गर्नुपर्ने रहेछ।” सरले दार्शनिक बिट मार्नुभयो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

14 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

14 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

15 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

2 days ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

2 days ago