Categories: बाल कथा

लोभी स्याल


मणिराज भट्टराई
गठ्ठाघर, भक्तपुर।
हाल :न्यूजील्याण्ड

एउटा स्याल बाटोमा हिँडिरहेको थियो। भुस्याहा कुकुरसँग उसको जम्का भेट भयो । स्यालले कुकुरलाई सोध्यो “कता हिंडेको कुकुर भाइ ?”
कुकुरले भन्यो ” आज कुकुर तिहार हो। मान्छेहरु वर्ष भरि गाली गरे पनि आजका दिन कुकुर पूजा गर्छन् । मीठो मसिनो खान दिन्छन्। त्यसैले गाउँ डुल्दै हिँडेको।”
उसको कुरा सुनेर स्याल लोभियो र भन्यो, “म पनि कुकुर कै प्रजातिको हूूुँ। मलाई पनि पुज्नु पर्छ मान्छेले ।” कुकूर अचम्ममा पर्यो र भन्यो “मेरो कुरा होइन.. । मान्छेले पत्यउँछन् त तिमीलाई ..?”
“तिमी र म मा के फरक छ “? कुकुरलाई तलदेखि माथि सम्म घुरेर हेर्दै बोल्यो स्यालले।
कुकुरले पनि त्यसै गरी हेर्यो। उस्तै देख्यो।
स्याल आँफुलाई निक्कै बाठो सम्झिन्थ्यो र जसरी भएपनि यसको स्थान आँफुले ग्रहण गरी छाड्ने ताकमा लाग्यो।
दुबै बिच वादविवाद धेरै भयो । अन्त्यमा नजिकै बगिरहेको नदीलाई फरक छुट्याई दिन आग्रह गर्नेमा सहमत भए। नदी किनारमा पुगेर अनुरोध गरे। नदीले दुबैलाई आफ्नो स्वर सुनाउन भनिन्। कुकुर भुक्यो। स्याल हुँइय करायो।
नदीले दुबै तिर हेर्दै भनिन् ” तिमीहरू गाउँको मुखमा गएर बस जवाफ त्यहीँ पाउँछौ।”
कुकुर हाँस्तै उभिरह्यो। कुकुर हाँसेको देखेर स्याल छक्क परेर हेरिरह्यो।
यही बीचमा एउटा मान्छे एक हातमा माला र अर्को हातमा खानेकुरा लिएर “चोई चोई ” गर्दै आयो । त्यो सुनेर कुकुर पुच्छर हल्लाउँदै अघि बढ्यो।
स्याल सम्बोधन नबुझेर ट्वाल्ल परेर हेरिरह्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

7 minutes ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

16 minutes ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

24 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago