मणिराज भट्टराई
गठ्ठाघर, भक्तपुर।
हाल :न्यूजील्याण्ड
एउटा स्याल बाटोमा हिँडिरहेको थियो। भुस्याहा कुकुरसँग उसको जम्का भेट भयो । स्यालले कुकुरलाई सोध्यो “कता हिंडेको कुकुर भाइ ?”
कुकुरले भन्यो ” आज कुकुर तिहार हो। मान्छेहरु वर्ष भरि गाली गरे पनि आजका दिन कुकुर पूजा गर्छन् । मीठो मसिनो खान दिन्छन्। त्यसैले गाउँ डुल्दै हिँडेको।”
उसको कुरा सुनेर स्याल लोभियो र भन्यो, “म पनि कुकुर कै प्रजातिको हूूुँ। मलाई पनि पुज्नु पर्छ मान्छेले ।” कुकूर अचम्ममा पर्यो र भन्यो “मेरो कुरा होइन.. । मान्छेले पत्यउँछन् त तिमीलाई ..?”
“तिमी र म मा के फरक छ “? कुकुरलाई तलदेखि माथि सम्म घुरेर हेर्दै बोल्यो स्यालले।
कुकुरले पनि त्यसै गरी हेर्यो। उस्तै देख्यो।
स्याल आँफुलाई निक्कै बाठो सम्झिन्थ्यो र जसरी भएपनि यसको स्थान आँफुले ग्रहण गरी छाड्ने ताकमा लाग्यो।
दुबै बिच वादविवाद धेरै भयो । अन्त्यमा नजिकै बगिरहेको नदीलाई फरक छुट्याई दिन आग्रह गर्नेमा सहमत भए। नदी किनारमा पुगेर अनुरोध गरे। नदीले दुबैलाई आफ्नो स्वर सुनाउन भनिन्। कुकुर भुक्यो। स्याल हुँइय करायो।
नदीले दुबै तिर हेर्दै भनिन् ” तिमीहरू गाउँको मुखमा गएर बस जवाफ त्यहीँ पाउँछौ।”
कुकुर हाँस्तै उभिरह्यो। कुकुर हाँसेको देखेर स्याल छक्क परेर हेरिरह्यो।
यही बीचमा एउटा मान्छे एक हातमा माला र अर्को हातमा खानेकुरा लिएर “चोई चोई ” गर्दै आयो । त्यो सुनेर कुकुर पुच्छर हल्लाउँदै अघि बढ्यो।
स्याल सम्बोधन नबुझेर ट्वाल्ल परेर हेरिरह्यो।
खोलाघरे साहिलो देवीसमान आमा हुन् जन्मदायिनी हुन् माया दिई असाध्यै हुर्काउने उनी हुन् के त्याज्य…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ क-क-न-न भनेर मीठो बोल्न सिकाउँछिन् हात समाई बिस्तारै ताते-ताते गराउँछिन् मलाई…
नन्दलाल आचार्य "त्यो खिया लागेको ढोका बाहिर यमराज मुस्कुराइरहेको छ, बाबु, तिमी भित्रै बस !"…