Categories: बाल कथा

धरातल

सत्या अधिकारी
सानेपा

सबैको शीतल छहारीजस्तै थियो , डाँडाको बूढो पीपल। गर्मी याममा बटुवाहरू थकाई मेटाउन यहीँ आउने गर्दथे।पोहोरको बर्खा याममा एउटा लहरो आश्रय खोज्दै आयो र त्यै बूढो पीपलमा लपक्क टासियो। उसँगको साथले हलक्क बढेर लहरोले छिटै नै पीपलको टुप्पो छोयो ।
“पिपल दाइ , हजुर कति वर्षको हुनुभयो?” लहराले सोध्यो ।
” खै, १०० बर्षको भएँ कि ? ”
लहरोले हाँस्दै भन्यो, ” हैन , तपाईँले बढ्न जान्नु भएन क्यारे ! म त यति छोटो समयमा नै तपाईँजत्रै भएँ ।
पीपलले गम्भीर हुँदै लहरालाई सोध्यो ,” तिमीले जाडो गर्मी भोगेका छौ?”
” छैन। ” लहराले जवाफ दियो।
” आँधी तुफानको झोक्का महसुस गरेका छौ?”
“छैन” लहरा बोल्यो।
पीपलले सत्य ओकल्यो , ” हेर! ती भनेका जीवनका कठिन समय हुन् । यस्ता विपदमा ज्यान जोगाउन गाह्रो हुन्छ। मेरो यो उमेरसम्म आइपुग्दा तिमीजस्ता लहराहरु त कैयौँ आए । सबैलाई मैले जोगाएँ । ”
चौतारीमा बसेको बटुवाले उनीहरूको कुरा सुनी रह्यो । मनमनै सोच्यो, ” बर्खामा उम्रने र हिउँदमा सुक्ने लहराहरूले आफ्नो धरातल बिर्सेर पीपलको उचाइ मापन गर्न सक्छन् र ? “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

3 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

4 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago