Categories: बाल कथा

स्तनपान सप्ताह


होम सुवेदी

स्तनपान सप्ताहको अन्तिम दिन थियो । यस कार्यक्रमको अन्तिम दिनमा टोलमा सानो समारोह गरिएको थियो । टोलमा बालबालिकाको स्वास्थ्यमा कतिको महत्व छ भन्नेबारे स्वास्थ्यकार्यकर्ताको हैसियतले जनचेतना जगाउने काममा नम्रता घरको चारै महिनाको दूधेबालक सासूआमाका जिम्मामा छोडेर भए पनि हप्ता भरि खटेको कुरा सबैले बुझेकै थिए । यसैले उनले यस कार्यक्रममा विशेष महत्व थियो । सञ्चालित सो समारोहमा भाषणमा उनी भन्दै थिइन्- “हेर्नुहोस्,सौन्दर्यको लोभमा, आफ्नो जिउ बिग्रन्छ भन्ने नाममा बालकको नैसर्गिक अधिकार हामीले हरण गर्नुहुन्न । छ महिनासम्म ता अटुट रूपमा नवजातलाई हामीले दूध चुसाउनै पर्छ । त्यसपछि यसो लिटो वा अन्य घरेलु पोसिलो पदार्थ खुवाउन थाल्नुपर्छ । किनुवा र बजारका सामान भरसक हामी दुवाउँदै नखुवाऊँ । वास्तवमा आमाका दूधमा बालबालिकालाई चाहिने सबै तत्व निहित हुन्छ । दूध खान नपाएका बालबालिकामा रोगप्रतिरोधक क्षमता पनि कम हुन्छ । साधारण रोग पनि थाम्न सक्तैनन् । साधारण रोगले पनि तिनलाई आक्रमण गरिहाल्छ । यसैले म सबै आमाहरुलाई सकिन्छ भने जहिलेसम्म दूध आइरहन्छ तहिलेसम्म दूध खुवाउनै पर्छ भन्दछु ।” उनका कुरामा सबैले गडड ताली बजाए । केही बेरपछि सभाका साथै स्तनपान सप्ताहको औपचारिकै कार्यक्रम पनि सकियो ।
सभाबाट सबै बिदा भइसकेपछि नम्रता घरमा छाडेको आफ्नो शिशु भोकायो होला भनेर अलिक हतारिएर दोकानबाट सेरल्याक र ल्याक्टोजिन किनेर घरतिर लागिन् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

22 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

23 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

23 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago