रमेश सुबेदी
ललितपुर – १३, कुसुन्ती
“सर मे आई कल यु लेटर, आई एम इन डिउटी नाउ” गार्डले फरर अंग्रेजीमा बोल्दै थियो । सुनेर बाहिर निस्कन लागेको मेनेजर टक्क अडेर उसलाई हेरिन् । तिमीलाई यहाँ कहिले देखिकी थिईन, नयाँ हो ? उसले जवाफ दियो, यहाँ मेरो बाबा डिउटी गर्नु हुन्छ । आज वहाँको स्वस्थ ठिक नभएर मैले काम गर्दै छु । अचम्म मान्दै मेनेजरले सोधिन, हेर्दा तिमी पढे लेखेका जस्तो छौ । कतै काम गर्छौ कि ? उसले भन्यो, छैन मेम, बल्ल पढाई सकियो, अब “जब” खोज्दै छु । अनि तिमीलाई यसरी गार्डको काम गरिरहेको तिम्रो साथीहरुले देखे अफ्ठेरो लाग्दैन ?
उसको जवाफ थियो, कुनै पनि काम ठुलो सानो भन्ने हुँदैन । जसले यस बारे छुट्याउँछ, उसको सोच सानो हो । जस्तो काम गरे पनि इमान्दारी पुर्वक गर्नु पर्छ । यो काम मात्र गर्छु भन्नेले कहिले सन्तुष्टि प्राप्त गर्न सकिँदैन। कसैले देख्ला कि, ईज्जत जाला कि, भन्नेले आफु भित्रको सत्यलाई बुझ्न सकेको हुन्न । बाबु आमाले आफुलाई जति दुःख भए पनि सन्तानको उन्नति प्रगति होस् भनेर दुःख गरिरहेका हुन्छन् । भै नभई सन्तानको आवश्यकता पुरा गर्छन् ।
कति पढेको छौ ? उसको जवाफ थियो, सिभिल ईन्जिनियरिङ्ग भर्खर उत्रीर्ण भएको छु । के तिमी यो कम्पनीमा काम गर्छौ ? अचम्म मान्दै उसले भन्यो, हुन्छ नि, अन्तरवार्ताको लागि बोलाउनुहोस् । पर्दैन अन्तरवार्ता तिमी पास भै सक्यौ । बरु भन, तिमी माथि आफिसमा काम गर्ने तिम्रो बाबा गार्ड, तिमीलाई कुनै अफ्ठेरो त हुन्न ?
उसले भन्यो, विदेशमा गएर जे सुकै काम गर्न नहिच्किचाउने हाम्रो समाज । उता गरेको काम लुकाएर यहाँ फुर्ती गर्नेहरु छन् । आफ्नै देशमा त्यही काम गरे ईज्जत जाने भन्ने समाजलाई मेरो बुवा एक उदहरण हुनुहुन्छ । यही गार्डको नोकरी गरेर आज मलाई यो काविल बनाउनु भयो । मेरो हर आवश्यकताहरु पुरा गर्नु भयो । गर्वका साथ सबै कर्मचारी साथीहरुलाई मेरो बाबा चिनाएर मात्र काम सुरु गर्नेछु ।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…