Categories: बाल कथा

“कर्म”


रमेश सुबेदी
ललितपुर – १३, कुसुन्ती

“सर मे आई कल यु लेटर, आई एम इन डिउटी नाउ” गार्डले फरर अंग्रेजीमा बोल्दै थियो । सुनेर बाहिर निस्कन लागेको मेनेजर टक्क अडेर उसलाई हेरिन् । तिमीलाई यहाँ कहिले देखिकी थिईन, नयाँ हो ? उसले जवाफ दियो, यहाँ मेरो बाबा डिउटी गर्नु हुन्छ । आज वहाँको स्वस्थ ठिक नभएर मैले काम गर्दै छु । अचम्म मान्दै मेनेजरले सोधिन, हेर्दा तिमी पढे लेखेका जस्तो छौ । कतै काम गर्छौ कि ? उसले भन्यो, छैन मेम, बल्ल पढाई सकियो, अब “जब” खोज्दै छु । अनि तिमीलाई यसरी गार्डको काम गरिरहेको तिम्रो साथीहरुले देखे अफ्ठेरो लाग्दैन ?
उसको जवाफ थियो, कुनै पनि काम ठुलो सानो भन्ने हुँदैन । जसले यस बारे छुट्याउँछ, उसको सोच सानो हो । जस्तो काम गरे पनि इमान्दारी पुर्वक गर्नु पर्छ । यो काम मात्र गर्छु भन्नेले कहिले सन्तुष्टि प्राप्त गर्न सकिँदैन। कसैले देख्ला कि, ईज्जत जाला कि, भन्नेले आफु भित्रको सत्यलाई बुझ्न सकेको हुन्न । बाबु आमाले आफुलाई जति दुःख भए पनि सन्तानको उन्नति प्रगति होस् भनेर दुःख गरिरहेका हुन्छन् । भै नभई सन्तानको आवश्यकता पुरा गर्छन् ।
कति पढेको छौ ? उसको जवाफ थियो, सिभिल ईन्जिनियरिङ्ग भर्खर उत्रीर्ण भएको छु । के तिमी यो कम्पनीमा काम गर्छौ ? अचम्म मान्दै उसले भन्यो, हुन्छ नि, अन्तरवार्ताको लागि बोलाउनुहोस् । पर्दैन अन्तरवार्ता तिमी पास भै सक्यौ । बरु भन, तिमी माथि आफिसमा काम गर्ने तिम्रो बाबा गार्ड, तिमीलाई कुनै अफ्ठेरो त हुन्न ?
उसले भन्यो, विदेशमा गएर जे सुकै काम गर्न नहिच्किचाउने हाम्रो समाज । उता गरेको काम लुकाएर यहाँ फुर्ती गर्नेहरु छन् । आफ्नै देशमा त्यही काम गरे ईज्जत जाने भन्ने समाजलाई मेरो बुवा एक उदहरण हुनुहुन्छ । यही गार्डको नोकरी गरेर आज मलाई यो काविल बनाउनु भयो । मेरो हर आवश्यकताहरु पुरा गर्नु भयो । गर्वका साथ सबै कर्मचारी साथीहरुलाई मेरो बाबा चिनाएर मात्र काम सुरु गर्नेछु ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

21 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

21 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

22 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago