Categories: बाल कथा

“वास्तविकता”

रमेश सुबेदी
ललितपुर – १३, कुसुन्ती

उच्च शिक्षा हासिल गर्ने सिलसिलामा कलेज पुगे पछि नयाँ नयाँ साथीहरु भेटीए । दुई महिना लगातारको सँगत पछि पाँच जनाको एउटा छुट्टै ग्रुप बनेको थियो।
अरु भन्दा मोहित लजालु, हिस्सि परेको अनुहार, हाँस्दा गालामा खोपिल्टो देखिन्थ्यो । त्यो मुस्कानलाई रमिताले निक्कै मन पराउँथी । अनेक खालको कुरा गरी मोहितलाई हँसाएर उसको गालामा बन्ने खोपिल्टो हेरेर लठ्ठ हुन्थी ।
नजानिँदो पाराले उनीहरू धेरै नजिकिए, जुन कुरा अरु साथीहरुलाई सुइँको सम्म भएन । परीक्षा सकिएर फुर्सदको दिनहरुमा यिनीहरू अनेक बहाना निकालेर घर बाट निस्कन्थे र भेटघाट गरिरहन्थे । पार्क तिर घुम्न जाँदा कहिले काही मोहितको व्यवहार र अनौठो आवाज सुन्दा रबिना छक्क पर्थी । कहिलै के कसो सोध्ने कोशिस गरिन् ।
रबिना एक छिन पनि मोहित सँग छुट्टिन चाहँदिन थिई । बिहे गर्ने सम्मको इच्छा गरेर मोहितलाई आफ्नु घर परिवारलाई चिनाउने विचार गरेकी थिई । घरमा साथीहरु मिलेर पोखरा घुम्न जाने भन्दै झुक्याएर उनीहरू दुई जना मात्र गए । दुई दिनको घुमाई पछि घर फर्किए ।
उफ्फ, थकाई…., अनि के सोचेको, के भयो भनेर सोच्दै रबिना निदाई । मध्य रात निन्द्रा बाट बिउँझेर संगिता कविता र श्रीकृष्णलाई अफलाइन मेसेज गरी । मोहित त हेर्दा पुरुष देखिए पनि वास्तवमा महिला रहेछ नि ….।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

9 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

10 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago