रमेश सुबेदी
ललितपुर – १३, कुसुन्ती
उच्च शिक्षा हासिल गर्ने सिलसिलामा कलेज पुगे पछि नयाँ नयाँ साथीहरु भेटीए । दुई महिना लगातारको सँगत पछि पाँच जनाको एउटा छुट्टै ग्रुप बनेको थियो।
अरु भन्दा मोहित लजालु, हिस्सि परेको अनुहार, हाँस्दा गालामा खोपिल्टो देखिन्थ्यो । त्यो मुस्कानलाई रमिताले निक्कै मन पराउँथी । अनेक खालको कुरा गरी मोहितलाई हँसाएर उसको गालामा बन्ने खोपिल्टो हेरेर लठ्ठ हुन्थी ।
नजानिँदो पाराले उनीहरू धेरै नजिकिए, जुन कुरा अरु साथीहरुलाई सुइँको सम्म भएन । परीक्षा सकिएर फुर्सदको दिनहरुमा यिनीहरू अनेक बहाना निकालेर घर बाट निस्कन्थे र भेटघाट गरिरहन्थे । पार्क तिर घुम्न जाँदा कहिले काही मोहितको व्यवहार र अनौठो आवाज सुन्दा रबिना छक्क पर्थी । कहिलै के कसो सोध्ने कोशिस गरिन् ।
रबिना एक छिन पनि मोहित सँग छुट्टिन चाहँदिन थिई । बिहे गर्ने सम्मको इच्छा गरेर मोहितलाई आफ्नु घर परिवारलाई चिनाउने विचार गरेकी थिई । घरमा साथीहरु मिलेर पोखरा घुम्न जाने भन्दै झुक्याएर उनीहरू दुई जना मात्र गए । दुई दिनको घुमाई पछि घर फर्किए ।
उफ्फ, थकाई…., अनि के सोचेको, के भयो भनेर सोच्दै रबिना निदाई । मध्य रात निन्द्रा बाट बिउँझेर संगिता कविता र श्रीकृष्णलाई अफलाइन मेसेज गरी । मोहित त हेर्दा पुरुष देखिए पनि वास्तवमा महिला रहेछ नि ….।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…