रमेशचन्द्र घिमिरे
रमाएर छम्छमी पञ्चे बाजामा
मन फुकाई मजाले नाच्छु आज म।
सनईको भाकामा गीत झिक्ने हो
झुर्ना पिट्ने कसरी म नि सिक्ने हो
भोक लाग्दा खाने हो जन्ती खाजा म
ढोलकीको तालमा नाच्छु आज म।
दुलै रानी देखेर दुल्हा लजाउँछन्
अन्माउने बेलामा बाजा बजाउँछन्
बेहुलीलाई भित्र्याउँछन् झम्के साँझमा
यही खुसीमा फनक्क नाच्छु आज म।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…