रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
डर छैन कत्ति मलाई
पिर छैन कत्ति
पिट्न हैन टेक्नलाई हो
हजुरबाको लट्ठी
हजुरबाका दुइटा खुट्टा
यौटा यसको खुट्टा
हजुरबालाई लगिदिन्छ
जता भन्यो त्यता
घिन नमानी हिँड्छ बरा
मट्टी होस् या टट्टी
अप्ठ्यारोमा साथ दिन्छ
हजुरबाको लट्ठी
बाटो हिँड्दा हजुरबाले
यसकै साथ रोज्ने
चस्मा, छाता खोज्दा सँगै
लट्ठीलाई नि खोज्ने
भिरको बाटो हिँड्दा पनि
डर हुन्न रत्ति
तेस्रो खुट्टा बनी डुल्छ
हजुरबाको लट्ठी ।
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…