Categories: कविता

“होसियार”

घनश्याम रेग्मी

हाम्रा युवा कुलतमा पनि फस्न सक्छन्
गाँजा चरेस रहमा पनि पस्न सक्छन् ।

खाली बसे यदि भने मन खिन्न पारी
साथी र भाइ हुलले हिँड भन्न सक्छन् ।

भाषा कला सब गिराउन छन् जुटेका
आफ्नो सुसंस्कृति बचाएर जान सक्छन् ।

चाडैं खुलून् पथ विकास समेट्न सक्ने
यो मातृभूमि पथमा सब चल्न सक्छन् ।

साहित्यका असल पुस्तक पढ्न पाए
सत्‌सिर्जनातिर जुटी अघि बढ्न सक्छन् ।

आँखा भएन अगुवासँग मार्ग हेर्ने
लौ होसियार हुनुहोस् युग हाँक्न सक्छन् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

15 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

15 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago