सुरेशकुमार पाण्डे
दाङ घोराही १८

आफू सँगैका साथीहरूसँग राम्रा राम्रा मोबाइल देखेर चामीलाई पनि रहर लाग्थ्यो। तर गरिब बा आमाले मज्दुरी गर्दा खान ठिक्क थियो। उसको रहर कसरी पुरा गर्ने? चामीले घरमा कसैलाई भन्नु व्यार्थै थियो।
भर्खर सोह्र बसन्त पारगरेकी चामी अत्यन्तै सुन्दर र हसमुख थिई। उसको फाटेका लुगाहरूले उसको योवनलाई ढाक्न सकेको थिएन्।


मिल्खराजको दृष्टि उसको फाटेका लुगातिर नै हुन्थे। भने ऊ चामीको नजिक जाने बहाना खोज्थ्यो। आज झन पानीमा लुथ्रुक भिजेकी चामी मिल्खराजकै पेटीमा ओत लाग्न आएकी थिई।
ए ठूली भित्र दलानमा आऊ!
मिल्खराजको स्वरले ऊ झसङ्ग भई ! भित्रतिर नजर घुमाइ मिल्खराज दलानमा उभिएर उसैलाई नियाल्दै थियो।
ऊ लुथ्रुक भिजेकी थिई लजाउँदै आफ्नो दुबै हातहरूले छाती ढाक्ने कोशिस गरी।
“दादा! घरमा अरू कोही हुँनुहुँदैन? – ऊ दलनबाट सँगारतिर सर्किंदै सोधी।’
म छुँ त!-मिल्खराजले ठट्यौली लयमा भनेर किच्च दाँत देखायो।
बाहिर ठूलो पानी पर्दैथियो।
हेर यी कसका फोटा हुँन ? मिल्खराजले आफ्नो गोजाबाट मोबाइल निकाल्यो र चामीलाई देखायो।’
फोटा भरखरै खिचेका उसैका फोटा थिए। पानीमा भिज्दा छातीमा चप्केको लुगाले ऊ झन लजाई।
दा यस्तो फोटा नराख्नु है!-उसले अनुरोध गरी।’
लौ यो फोन तिमीले नै राख!-मिल्खराजले मोबाइल चामीको हातमा थमाउँदै भन्यो।’
ऊ खुसीले मख्ख कतिवेला मिल्खराजको अंगालोमा परी हेक्का नै पाइन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

22 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

23 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago