सुरेशकुमार पाण्डे
दाङ घोराही १८
आफू सँगैका साथीहरूसँग राम्रा राम्रा मोबाइल देखेर चामीलाई पनि रहर लाग्थ्यो। तर गरिब बा आमाले मज्दुरी गर्दा खान ठिक्क थियो। उसको रहर कसरी पुरा गर्ने? चामीले घरमा कसैलाई भन्नु व्यार्थै थियो।
भर्खर सोह्र बसन्त पारगरेकी चामी अत्यन्तै सुन्दर र हसमुख थिई। उसको फाटेका लुगाहरूले उसको योवनलाई ढाक्न सकेको थिएन्।
मिल्खराजको दृष्टि उसको फाटेका लुगातिर नै हुन्थे। भने ऊ चामीको नजिक जाने बहाना खोज्थ्यो। आज झन पानीमा लुथ्रुक भिजेकी चामी मिल्खराजकै पेटीमा ओत लाग्न आएकी थिई।
ए ठूली भित्र दलानमा आऊ!
मिल्खराजको स्वरले ऊ झसङ्ग भई ! भित्रतिर नजर घुमाइ मिल्खराज दलानमा उभिएर उसैलाई नियाल्दै थियो।
ऊ लुथ्रुक भिजेकी थिई लजाउँदै आफ्नो दुबै हातहरूले छाती ढाक्ने कोशिस गरी।
“दादा! घरमा अरू कोही हुँनुहुँदैन? – ऊ दलनबाट सँगारतिर सर्किंदै सोधी।’
म छुँ त!-मिल्खराजले ठट्यौली लयमा भनेर किच्च दाँत देखायो।
बाहिर ठूलो पानी पर्दैथियो।
हेर यी कसका फोटा हुँन ? मिल्खराजले आफ्नो गोजाबाट मोबाइल निकाल्यो र चामीलाई देखायो।’
फोटा भरखरै खिचेका उसैका फोटा थिए। पानीमा भिज्दा छातीमा चप्केको लुगाले ऊ झन लजाई।
दा यस्तो फोटा नराख्नु है!-उसले अनुरोध गरी।’
लौ यो फोन तिमीले नै राख!-मिल्खराजले मोबाइल चामीको हातमा थमाउँदै भन्यो।’
ऊ खुसीले मख्ख कतिवेला मिल्खराजको अंगालोमा परी हेक्का नै पाइन।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…