Categories: बाल कथा

“दिल”

तुलसी पण्डित

हेड सर यता सुन्नु न । नथुने नाम भएको बच्चालाई हामीले तह लगाउन सकेनौँ । यसलाई यो स्कूलबाट हटाइ दिन पर्यो । यसको कारण अरु विद्यार्थीको पढाइमा बाधा पुगिरहेछ ।
हेडसरले नम्र भएर भन्नु भयो । “यसलाई यहाँबाट हटाउने हैन मेडम। समस्या केहो बुझेर समाधान गर्ने तर्फ लाग्नु पर्छ ? ल त्यसको समस्या केहो तुरुन्त पत्ता लगाउनु त ?”

केही समयपछि । “सर हामीले समस्या पत्ता लगाउन सकेनौ ?” ” एउटा विद्यार्थीको समस्या पत्ता नलगाउनेले कसरी पढाउनु हुन्छ यति धेरै विद्यार्थीलाई । ”
“सर ऊ त बोले पो ।”
“ल उसलाई पठाइदिनु यहाँ ।”
“बाबु तिमी आइपुग्यौ ?”
“खै बोलेकी ?”
ल यता हेर यो पोष्टरमा । यी तिमी जस्तै बच्चा यहाँ कति राम्रोसँग पढेको छ । ल हेर उसले सबैलाई सम्मान गरेको छ ।ल यता हेर ऊ स्कूलमा न चली ध्यान दिएर गुरुहरुले पढाएको कुरा सुनेको छ । यो फोटो हेर , ऊ घरमा होमवर्क गरिरहेछ । ल यता हेर ऊ पढाइमा सिपालु भएकोले सबैले उसलाई माया गरेका छन् । अब तल हेर । ऊ राम्रो सँग पढेकोले लोकसेवा पास गरेर अपिसरमा नाम निकाल्यो । अब यता हेर । ऊ अहिले कार चलाएर हिड्छ ।
“अब अर्को पोष्टर हेर । ल अब तिमीले यो आफै हेरेर यसको भाव मलाई भन ।”
“सर यसले नपढेर दुःख पाएछ है । यो त खराव केटो पो रहेछ ।”
श्यावास बाबु तिमीले बल्ल कुरा बुझ्यौ ? “अब भन तिमी कस्तो ब्यक्ति हुन चाहन्छौ ?”
” सर मलाई असल मान्छे बन्न मन छ ।तर ……. ।”
के तर भनन ?
” बाबाले सधैँ रक्सी खाएर आमालाई कुट्नु हुन्छ । आमा रोए पछि मेरो दिलले पढ्नै मान्दैन ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago