रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
मेरो प्यारो स्कुलको प्यारो फूलबारी
सजाउन मन छ मलाई फूलको बेर्ना सारी
फूलबारीमा फुल्ने फूल रङ्गीचङ्गी छन्
फूलबारीलाई माया गर्ने साथी सङ्गी छन्
चिरिच्याट्ट बनाउनु छ सफा सुग्घर पारी
हामी पनि सफा पारौँ हाम्रो फूलबारी
प्यारा मेरा गुरुहरू प्यारा साथीभाइ
माया गर्न जानेको छु मैलै सबैलाई
त्यस्तै माया गर्छु फूललाई गोड्छु झार फाली
यही मायाले झाङ्गिने छ हाम्रो फूलबारी
रमाउँदै स्कुलमा मैले टेकेपछि
मलाई पढ्ने जाँगर चल्छ यस्तो देखेपछि
फूलझैँ राम्रो हुन मन छ मनकै फोहोर फाली
हामी जस्तै सुन्दर बनाऔँ हाम्रो फूलबारी
खाल्टा खनौँ घोचो गाडौँ बार बनाई घेरौँ
डोरी खोजौँ छेस्का खोजौँ वरिपरि बेरौँ
फूलबारीको जतन गर्ने बनौँ हामी माली
स्कुल जस्तै राम्रो बनोस् हाम्रो फूलबारी।
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…