Categories: Uncategorized

फर्केको मेरो गुन


बिनोदप्रसाद ढकाल
इनरुवा, सुनसरी

गाउँले केटा श्यामसुन्दर घाँस काट्न जंगल पसेका थिए। बाटोमा एउटा बूढो मान्छे लडिरहेको देखेर उनको मन पग्लियो। “ओहो, कति गाह्रो भएको होला!” सोच्दै श्यामसुन्दरले बूढालाई उठाएर सोधे, “के भयो हजुर ?”
बूढाले थकित स्वरमा भने, “बाबु, म धेरै थाकेको छु। कतै आराम गर्ने ठाउँ पाए हुन्थ्यो।”
श्यामसुन्दरले बूढालाई आफ्नो घरमा लिएर गए। घरमा आमालाई सबै कुरा बताए। आमाले भनिन्, “बाबु, हामी गरीब भए पनि सेवा गर्न सक्छौँ।”
केही दिन बूढा श्यामसुन्दरकै घरमा बसे। श्यामसुन्दर र उसको परिवारले बूढाको खूब हेरचाह गरे। बूढा निको भएपछि श्यामसुन्दरलाई धन्यवाद दिँदै भने, “बाबु, तिमीले मलाई ठुलो गुन लगायौ। म तिम्रो यो उपकार कहिल्यै बिर्सने छैन।” केही वर्षपछि श्यामसुन्दर सहरमा काम खोज्न गए। एउटा ठुलो घर देखेर कामको लागि सोधे। घरको मालिकले श्यामसुन्दरलाई काममा राखे। श्यामसुन्दरले आफ्नो कामले मालिकलाई खुसी बनाए। एकदिन मालिकले भने, “श्यामसुन्दर , तिमीले मलाई धेरै खुसी पारेका छौ। म तिमीलाई आफ्नो सबैभन्दा ठुलो सम्पत्ति दिन चाहन्छु।”
श्यामसुन्दर धनी भएर गाउँ फर्किए। उनले आफ्नो परिवारलाई पनि सुख दिए। उनले बुझे , “अरुलाई सहयोग गर्दा आफैँलाई पनि फाइदा हुन्छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

6 hours ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

7 hours ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

7 hours ago

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

1 day ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

1 day ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 days ago