Categories: कविता

“हिमाल”


बिन्दु देवकोटा

नेपालको उत्तरी भाग लहरै छन् हिमाल
हिमालकै ताज लगाइ हाँसेको छ नेपाल।

झुल्के घाम उदाउँदा सुनै छरे जस्तो
जूनको ज्योति पर्दा खेरी चाँदी भरेजस्तो।

घामको पहिलो किरण पुग्छ हिमाल चुम्नलाई
देश विदेशबाट आउँछन् हिमाल घुम्नलाई।

मोति जस्ता हिउँका दाना ओढे जस्तो बर्को
यति सुन्दर दृश्य हजुर छैन कतै अर्को।

बादलुको घुम्टो भित्र लुकामारी गरी
बसेको छ सिमानामा पर्खाल बने सरी।

काखमा राखी फुलाउँछ लालीगुराँस फूल
हिमाल नै हो नदीनाला झरनाको मूल।

जन्मिएर हिमालबाट छङछङ गर्दै झर्छन्
डाँफे मुनाल याक चौरी नाची नाची चर्छन्।

धूपी सल्ला सुसाउँदै भर्छन् मिठो धून
मन लाग्छ उडी उडी हिमाली शिर छुन।

सहेको छ आँधी हुरी अनि घामपानी
सिकाउँछ पाठ सधैँ अटल बन नानी।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

जनै पूर्णिमा : परिचय , विशेष्ता र महत्व

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र…

2 minutes ago

प्रकृति

बलराम दंगाल रत्ननगर,चितवन “हेर्नु त बुवा ! मानिसले प्रकृतिलाई पनि जितिसक्यो नि,” छोराले मोबाइलमा बाँधको…

13 minutes ago

“हाम्रो प्यारो संसार”

लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…

26 minutes ago

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

1 day ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

1 day ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

1 day ago