Categories: बाल कथा

मेरो साथी


रम्भा पौडेल

मनु र सेते एक अर्काका साथी बनिसकेका थिए। उनीहरु कहिले घरको तल आँगनमा त कहिले घरको छतमा गएर खेल्थे। घरको आँगन फराकिलो थियो । फूलबारीमा अनेकथरी फूल फूलेका थिए। वातावरण रमाइलो थियो।
मनुले सेतेको मुख सुमसुम्याउँथ्यो । सेतेले मुख आँ गेरर उसको हात मुख भित्रै लैजान खोज्दथ्यो तर लादैनथ्यो ,मनुलाई जिस्काउँथ्यो मात्रै । मनुले खाना खाइसकेपछि सेतेलाई माम भनेर जिद्धि गर्दथ्यो । अनि ऊ आफैँले लगेर “लाखा तेरो माम” भनेर सेतेको अगाडि राखिदिन्थ्यो । सेते खुसी भएर खान्थ्यो अनि बुर्कुसी मार्दे मनुको वरिपरि घुमिरहन्थ्यो । सेतेले मनुलाई एकैछिन नदेख्दा निरास भएर आँगनमा सुतेर मुन्टो निहुराइरहन्थ्यो।
मनुलाई पनि सेतेसँग खेल्ने बानी परेको थियो। उनीहरुको दिनचर्या यस्तै चलिरहेको थियो। मनुको आमालाई भने सेतेसँग धेरै खेलेको मन पर्दैनथ्यो । जनावरबाट बच्चालाई टाढै राख्नुपर्छ भन्ने उनको मान्यता थियो।
एकदिन मनु र सेते आँगनमा खेलिरहेका थिए। मनुका बाबा विदेशबाट टुप्लुक्क आइपुगे । मनु बाबालाई देखेर खुसी भयो।
बाबाले मनुलाई काखमा लिएर म्वाइ खानुभयो। मनुले भन्यो, “बाबा, यो सेते मेरो साथी हो। उसलाई पनि म्वाई खानुस् न ।” मनुको कुरा सुनेर बाबाले पनि सेतेलाई मुसार्नु भयो । सेते दंग पर्यो। दुई दिनपछि मनु र मनुका बाबाआमा आफ्नो गाउँ जान तयार भए। मनुले राम्रा लुगा लगाएर तल झर्यो । मनुलाई देखेर सेते उफ्रँदै मनुलाई चाट्न थाल्यो । उनीहरु मामाघरबाट बिदा भए । गेटबाट बाहिर निस्कदा मनुले, “सेते पनि हामीसँगै जान्छ।
यसलाई नछोडौँ ” भनेर जिद्दि गर्न थाल्यो । उता सेतेले पनि आफूलाई छोडेर जान लागेको कुरा बुझिहाल्यो र पछिपछि लाग्यो।
अलिपर पिपलको बोटनिर पुगेपछि उनीहरुको गाडी आइपुग्यो। मनु र उसका बाबा आमा गाडीमा चढे । मनुले सेतेलाई हेरेर रुन थाल्यो। उता सेतेले आँखांबाट आँसु झारेर मनुलाई हेरिरहयो । मनुले गाडीबाट रुदै सेतेलाई बाइ गर्यो । सेतेले
गाडी गएतिर हेरिरह्यो । मनु रोएको देखेर मनुकी आमाले भन्नुभयो भो यो त रुन थाल्यो । सेतेलाई गाडीमा राखौँ ।उही गाउँमा खेल्छन यी दुबै । फर्केर उनीहरुले सेतेलाई गाडीमा राखे । मनुले सेतेलाई खुशी भएर मुसार्यो । सेतेले पनि मनुको गाला चाटयो । सबैजना गाडीमा रमाउँदै गाउँ तिर लागे।

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

जनै पूर्णिमा : परिचय , विशेषता र महत्व

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र…

1 day ago

प्रकृति

बलराम दंगाल रत्ननगर,चितवन “हेर्नु त बुवा ! मानिसले प्रकृतिलाई पनि जितिसक्यो नि,” छोराले मोबाइलमा बाँधको…

1 day ago

“हाम्रो प्यारो संसार”

लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…

1 day ago

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

2 days ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

2 days ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

2 days ago