रम्भा पौडेल
मनु र सेते एक अर्काका साथी बनिसकेका थिए। उनीहरु कहिले घरको तल आँगनमा त कहिले घरको छतमा गएर खेल्थे। घरको आँगन फराकिलो थियो । फूलबारीमा अनेकथरी फूल फूलेका थिए। वातावरण रमाइलो थियो।
मनुले सेतेको मुख सुमसुम्याउँथ्यो । सेतेले मुख आँ गेरर उसको हात मुख भित्रै लैजान खोज्दथ्यो तर लादैनथ्यो ,मनुलाई जिस्काउँथ्यो मात्रै । मनुले खाना खाइसकेपछि सेतेलाई माम भनेर जिद्धि गर्दथ्यो । अनि ऊ आफैँले लगेर “लाखा तेरो माम” भनेर सेतेको अगाडि राखिदिन्थ्यो । सेते खुसी भएर खान्थ्यो अनि बुर्कुसी मार्दे मनुको वरिपरि घुमिरहन्थ्यो । सेतेले मनुलाई एकैछिन नदेख्दा निरास भएर आँगनमा सुतेर मुन्टो निहुराइरहन्थ्यो।
मनुलाई पनि सेतेसँग खेल्ने बानी परेको थियो। उनीहरुको दिनचर्या यस्तै चलिरहेको थियो। मनुको आमालाई भने सेतेसँग धेरै खेलेको मन पर्दैनथ्यो । जनावरबाट बच्चालाई टाढै राख्नुपर्छ भन्ने उनको मान्यता थियो।
एकदिन मनु र सेते आँगनमा खेलिरहेका थिए। मनुका बाबा विदेशबाट टुप्लुक्क आइपुगे । मनु बाबालाई देखेर खुसी भयो।
बाबाले मनुलाई काखमा लिएर म्वाइ खानुभयो। मनुले भन्यो, “बाबा, यो सेते मेरो साथी हो। उसलाई पनि म्वाई खानुस् न ।” मनुको कुरा सुनेर बाबाले पनि सेतेलाई मुसार्नु भयो । सेते दंग पर्यो। दुई दिनपछि मनु र मनुका बाबाआमा आफ्नो गाउँ जान तयार भए। मनुले राम्रा लुगा लगाएर तल झर्यो । मनुलाई देखेर सेते उफ्रँदै मनुलाई चाट्न थाल्यो । उनीहरु मामाघरबाट बिदा भए । गेटबाट बाहिर निस्कदा मनुले, “सेते पनि हामीसँगै जान्छ।
यसलाई नछोडौँ ” भनेर जिद्दि गर्न थाल्यो । उता सेतेले पनि आफूलाई छोडेर जान लागेको कुरा बुझिहाल्यो र पछिपछि लाग्यो।
अलिपर पिपलको बोटनिर पुगेपछि उनीहरुको गाडी आइपुग्यो। मनु र उसका बाबा आमा गाडीमा चढे । मनुले सेतेलाई हेरेर रुन थाल्यो। उता सेतेले आँखांबाट आँसु झारेर मनुलाई हेरिरहयो । मनुले गाडीबाट रुदै सेतेलाई बाइ गर्यो । सेतेले
गाडी गएतिर हेरिरह्यो । मनु रोएको देखेर मनुकी आमाले भन्नुभयो भो यो त रुन थाल्यो । सेतेलाई गाडीमा राखौँ ।उही गाउँमा खेल्छन यी दुबै । फर्केर उनीहरुले सेतेलाई गाडीमा राखे । मनुले सेतेलाई खुशी भएर मुसार्यो । सेतेले पनि मनुको गाला चाटयो । सबैजना गाडीमा रमाउँदै गाउँ तिर लागे।
आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र…
लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…
कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…
View Comments
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/register?ref=IXBIAFVY