सीता रेग्मी
“सुन्दरहरैँचा, मोरङ
“डाक्टर अङ्कल मेरो आँखामा के भएको छ ?” कक्षा ७ मा अध्ययनरत सान्याले सोधिन्।
“खासै केही भएको छैन नानी, एउटा आँखामा थोरै दृष्टी कम भएको हो, चस्मा लगाउनुपर्छ। ठिक हुन्छ।” डाक्टरसाबले उत्तर दिनुभयो।
“ला! हो ? अब एउटा आँखामा मात्र चस्मा कसरी लाउने त ?” नानी चिन्तित भईन्।
“चस्मा दुबै आँखामा लाउने हो , पावर चाहिँ कमजोर आँखामा मात्र हुन्छ!” डाक्टरले हाँस्दै भने।
“तर डाक्टर अङ्कल मैले कहिलै पनि एउटा आँखाले मात्र हेरेको छैन त ! सधैँ दुबै आँखाले बराबरी हेर्छु अनि एउटा आँखा मात्र कसरी कमजोर हुन्छ होला ?” नानीको चिन्ता अझ बढ्यो।
“तिमीले दुबै आँखा बराबर हेरे पनि यी आँखामा रहेको हेर्ने क्षमता फरक-फरक हुन्छ। जसरी एउटै कक्षाका विद्यार्थीहरु पढाईमा कोही उत्कृष्ट हुन्छन्, कोही मध्यम र कोही निम्न अनि शिक्षकहरुले निम्न पढाई भएकालाई बढी ध्यान दिएर अतिरिक्त समय पढाएर बराबर बनाउने कोशिस गर्नुहुन्छ नि, यो चस्मा पनि हामीले गरेको एउटा त्यस्तै कोशिस हो नानी।”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…