सीता रेग्मी
“सुन्दरहरैँचा, मोरङ
“डाक्टर अङ्कल मेरो आँखामा के भएको छ ?” कक्षा ७ मा अध्ययनरत सान्याले सोधिन्।
“खासै केही भएको छैन नानी, एउटा आँखामा थोरै दृष्टी कम भएको हो, चस्मा लगाउनुपर्छ। ठिक हुन्छ।” डाक्टरसाबले उत्तर दिनुभयो।
“ला! हो ? अब एउटा आँखामा मात्र चस्मा कसरी लाउने त ?” नानी चिन्तित भईन्।
“चस्मा दुबै आँखामा लाउने हो , पावर चाहिँ कमजोर आँखामा मात्र हुन्छ!” डाक्टरले हाँस्दै भने।
“तर डाक्टर अङ्कल मैले कहिलै पनि एउटा आँखाले मात्र हेरेको छैन त ! सधैँ दुबै आँखाले बराबरी हेर्छु अनि एउटा आँखा मात्र कसरी कमजोर हुन्छ होला ?” नानीको चिन्ता अझ बढ्यो।
“तिमीले दुबै आँखा बराबर हेरे पनि यी आँखामा रहेको हेर्ने क्षमता फरक-फरक हुन्छ। जसरी एउटै कक्षाका विद्यार्थीहरु पढाईमा कोही उत्कृष्ट हुन्छन्, कोही मध्यम र कोही निम्न अनि शिक्षकहरुले निम्न पढाई भएकालाई बढी ध्यान दिएर अतिरिक्त समय पढाएर बराबर बनाउने कोशिस गर्नुहुन्छ नि, यो चस्मा पनि हामीले गरेको एउटा त्यस्तै कोशिस हो नानी।”
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…
View Comments
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.