सुरेशकुमार पाण्डे
दाङ घोराही
“आहा कति राम्रो जुत्ता” – डल्लीले नजिकै राखेको जुता देखाउँदै भनी। “कसको जुत्ता हो यति राम्रो ?” फुर्शीले जुत्ता कोखे आँखाले हेर्दै डल्लीलाई सोधी। “त्यही सेतेको त होला नी अरू को छर यहाँ ?” -डल्लीले नाक मुख बिगार्दै भनी। सेते सबैभन्दा सानो भाइ थियो । उसलाई मामाले माया गरेर किन्दिएका एक थान कपडाका जुत्ता थिए। त्यो नयाँ जुत्ता देखेर फुर्शी र डल्लीलाई भित्रभित्रै औडाहा भएको थियो। सेते भने आफ्नो मामाले किन्दिएको जुत्ता पाएपछि अघात खुसी देखिन्थ्यो। गरिब घरका बाल बालिकाहरूलाई नयाँ चिज पनि सितिमिति पाउँने सम्भावना हुँदैन। सेते बारीमा आमासँग खेलीरहेको थियो । डल्ली र फुर्शीलाई आमाले गाई ग्वाला जान भनिन्। उनीहरू अली ठुला दश ,बाह्र वर्षका थिए। “यो बुढी पनि काम गर्न हामीलाई पठाउँछिन नयाँ जुत्ता आफ्नो छोरालाई किन्दिन्छिन्।” -डल्ली आफ्नाबाटै फतफताई। दुबैजनाले गाई फुकाएर बन तिर लागे। अलिबेर पछि केही नराम्रो गन्ध आयो। यतिवेर बारीमा काम गरिरहेकी आमा हरिकली आफ्नै अढाई वर्षिय छोरा तिर हेरिन, छोरा आफ्नै धुनमा माटोमै खेली रहेको थियो। “कसैले रब्बड पोलेहोला।”-उनले मनमनै भनिन्। अलिवेर पछि धेरै गनायो हरिकलीलाई सङ्का लाग्यो कतै आफ्नै घरमा केही जल्यो कि ! उनी घर भित्र पसिन। “ओहो यो के भयो ?” उनी आश्चार्य पर्दै भनिन्। त्यहाँ दुबै नयाँ जुता दनदनी जल्दै थिए।
गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…
View Comments
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.bh/register?ref=GGYHGRE