गजल आचार्य
बुढानिलकण्ठ मावि,
गोलबजार-४, सिरहा
“नारी भनेको घरको काम गर्नका लागि हो । धेरै पढेर के गर्नु ?” सरलाले यही कुरा मात्रै हर्दम सुनेकी थिइन्।
आज मिसले भनेको सुनिन्- “नारीलाई रोक्न खोज्दा, समाजको प्रगति आफैँ रोकिन्छ।”
यस कुराले गहिरोसँग खम्बा गाड्यो सरलाको मनमा। उनलेे बाबुसँग भनिन्- “कलमको सामर्थ्यले विश्व बदल्न सक्छ रे । म पढेर ठूलो मान्छे बन्छु । हाम्रो गाउँ र समाजलाई राम्रो बनाउँछु।”
उनको पढाइमा धेरै रुचि थियो। उनको आत्मविश्वास र प्रयासले गाउँभरि उदाहरणीय कथा बन्दै गयो। उनको कुराले बाबु र हजुरबालाई सोच्न बाध्य बनायो। उनीहरूले नारीलाई प्रेरणा र अवसर दिनु समाजको कर्तव्य हो भन्ने बुझे। बिस्तारै, उनीहरूको दृष्टिकोण परिवर्तन भयो। सरलालाई पढाइमा प्रेरित गर्न थाले।
अन्ततः उनले प्रमाणित गरिन् कि नारी शिक्षित र स्वतन्त्र भए मात्र समाजले प्रगति गर्छ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…