Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
“आत्मासन्तुष्टि” | सारथि बाल पत्रिका
Categories: बाल कथा

“आत्मासन्तुष्टि”


कृष्ण

जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा खुसी र सुन्दर चरा होला ।’ उसले हाँसलाई भेटेर यो कुरा सुनायो।
कागको कुरा सुनिसकेपछि हाँसले भन्यो, ‘जबसम्म दुई रंगवाला सुँगा देखेको थिइन, त्यति बेलासम्म त मलाई पनि म नै संसारको सबैभन्दा खुसी र सुन्दर छु, जस्तो लाग्दथ्यो । तर अहिले मलाई लाग्छ, त्यही सुँगा संसारकै सबैभन्दा खुसी सुन्दर चरा हो ।’
त्यसपछि कागले सुँगालाई पनि भेट्ने निश्चय गर्यो।
सुँगाको नजिक गएर उसले भन्यो, ‘तिमी त कति खुसी होलाउ है ! सायद संसारकै सबैभन्दा सुन्दर र खुसी रहने पन्छी।
‘ त्यसपछि सुँगाले भन्यो, ‘मयूरलाई देख्नुअघि त म पनि यस्तै सोच्दथेँ । हरेक दिन खुसीसाथ बित्दथ्यो र सुखी पनि थिएँ। तर जब मयूरलाई देखें, त्यसपछि लाग्यो, ‘जाबो दुईवटा रंग भएको म त के सुन्दर ! सुन्दर त त्यो मयूर हो, जससँग दर्जनौँ रंगहरु छ । कति खुसी होला मयूर!’
सुँगाको कुरा सुनिसकेपछि कागले मयूरलाई पनि भेट्न चाह्यो।
मयूरलाई भेट्ने उद्देश्यले ऊ नजिकैको चिडियाघरमा पुग्यो । मयूरलाई हेर्न त्यहाँ सयौँ मानिसहरु झुम्मिएका थिए। देख्दा पनि निकै सुन्दर थियो त्यो मयूर। कागले एकछिन चुपचाप बसेर सबै गतिविधि नियाल्यो।
मानिसहरु गइसकेपछि ऊ मयूरको नजिक गयो।
अनि भन्यो,’तिमी त कति सुन्दर छौ। यति धेरै रंग तिम्रो शरीरमा छ। तिमीलाई देख्ने जो कोही पनि मोहित् हुन्छन्। कति खुसी छौ होला है ?’
मयूर बोल्यो, ‘मलाई हमेशा लाग्थ्यो म नै संसारको सबैभन्दा खुसी र सुन्दर पन्छी हुँ। तर पछि महसुस भयो, मेरो यही सुन्दरताको कारण नै चिडियाघरमा थुनिएको छु।
मैले यो चिडियाघरलाई निकै ध्यानपूर्वक नियालें । म जस्तै अन्य धेरै सुन्दर पन्छीहरु यहाँ थुनिएका रहेछन् । तर कौवालाई कतै देखिन । माथितिर हेरें कौवाहरु आफ्नै संसारमा मस्त थिए । जता मन लाग्थ्यो त्यतै पुग्थे, जे मन लाग्यो त्यही खान्थे ! त्यसपछि आजभोलि मेरो दिमागमा एउटा कुरा घुमिरहन्छ, ‘यदि म पनि कौवा भएर जन्मिएको थिएँ भने कति खुसी हुन्थेँ होला !’
मयूरको कुरा सुनिसकेपछि कौवाले निश्चय गर्यो, ‘म नै सबैभन्दा खुसी रहने प्राणी हुँ।’ त्यसपछि खुसी हुँदै फर्किएको कौवाले कहिले अरुसँग आफूलाई तुलना गरेन । अनि पहिलेजस्तै सुखसाथ बस्न थाल्यो।
सन्देशः यो कथाले निकै राम्रो शिक्षा दिएको छ। कौवा सोच्थ्यो हाँस सबैभन्दा खुसी छ, हाँसलाई लाग्थ्यो म त के हो र त्यो सुगा पो खुसी छ, उता सुगा मयूरको सुन्दरता देखेर मोहित थियो ।
उसलाई मयूर नै सबैभन्दा खुसी छ जस्तो लाग्थ्यो । तर मयूरको नजरमा कौवा सबैभन्दा खुसी थियो। यसबाट के प्रस्ट हुन्छ भने अरुसँगको तुलनाले आफूलाई सधैं दुःखी तुल्याउँछ । त्यसैले आफूसँग जे छ त्यसमा खुसी हुन सिक्नुहोस् । सारा समस्या र पीडाहरु विस्तारै हल हुँदै जानेछन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

दशैँ

लक्ष्मीप्रसाद पौडेल धनगढी, कैलाली बाले बोकालाई रातो टीका लगाए । घाँटीमा रातो धजा बाँधे ।…

2 weeks ago

विपद्मा अभिभावक गुमाएका बालबालिकाको संरक्षण अब राज्यको जिम्मामा

विपद्का कारण अभिभावक गुमाएका, परिवारबाट बिछोडिएका तथा असुरक्षित अवस्थामा पुगेका बालबालिकाको संरक्षणलाई राज्यको संस्थागत जिम्मेवारीका…

2 weeks ago

लघुकथा

जानकी कर्माचार्य ललितपुर,हरिसिद्धि "हजुरबुबा ! हजुर किन सधैँ यो अनलाइनमा कति बस्नु हुन्छ?" अनलाइन कार्यक्रम…

2 weeks ago

“हामी र हाम्रा नदी”

कृष्णशरण उपाध्याय पौडेल हामी जन्मनु पूर्व छल्छल थिए, सारा नदी का जल हाम्रो मृत्यु पछाडि…

2 weeks ago

अन्धभक्त

केशव नेपाल ‘नील’ बलेफी - ८, लामोसाँघु, सिन्धुपाल्चोक “होनित ! यो मोबाइल भन्ने चिजले आफ्ना…

2 weeks ago

मुकुण्डो

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया "गलामा माला, शिरमा टोपी।" सुकमान ‘आदर्श पुरुष’ को प्रमाणपत्र बोकेर घर…

2 weeks ago