Categories: बाल कथा

ढुङ्गाको देश


नन्दलाल आचार्य

“गुरुजी, किताब किन हाम्रा हातमा ढुङ्गा बनिरहेका छन् ?” भीमसेनले अकस्मात् सोध्यो । विद्यालयको टुटेको पर्खालबाट धुलो उड्दै थियो, मानौँ पढाइसँगै आशा पनि हराउँदै थियो ।
गाउँमा विद्यालय त थियो, तर पढ्ने विद्यार्थी थिएनन् । गुरु थिए, तर पढाउने जोस मरेको थियो । नेताहरूका भाषण धेरै थिए, तर काम शून्य थियोे । खेतमा पसिना बेच्नेहरू थाकिरहेका थिए, सहर गएका युवा निराशा बोकेर फर्किन थालेका थिए ।
भीमसेनका बुबा समेत पहिले त्यही विद्यालयका पहिलो विद्यार्थी थिए । यतिबेला पर्खालमा हात राख्दै उनी भन्न थालेका थिए, “पढाइले अब पेट त भरिँदैन छोरा !”
भीमसेन मौन रहन्थ्यो । बुबाको कुरा सम्झेर आज उसको नजर ढुङ्गामा अडियो । मानौँ त्यो ढुङ्गा मौन किताब बनेको थियो ।
उसले ढुङ्गा समातेर जोरसँग भन्यो, “अब यो ढुङ्गा अक्षर बन्नेछ, जसले अन्धकार तोड्नेछ, गुरुजी !”
गुरुजी हल्का मुस्कुराएर भने, “ढुङ्गा त उफ्रिने भयो, भीमसेन, अब देशमा चेतना पनि उफ्रियोस् ।”

सारथि बाल पत्रिका

View Comments

  • Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

44 minutes ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

1 hour ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago