नन्दलाल आचार्य
“गुरुजी, किताब किन हाम्रा हातमा ढुङ्गा बनिरहेका छन् ?” भीमसेनले अकस्मात् सोध्यो । विद्यालयको टुटेको पर्खालबाट धुलो उड्दै थियो, मानौँ पढाइसँगै आशा पनि हराउँदै थियो ।
गाउँमा विद्यालय त थियो, तर पढ्ने विद्यार्थी थिएनन् । गुरु थिए, तर पढाउने जोस मरेको थियो । नेताहरूका भाषण धेरै थिए, तर काम शून्य थियोे । खेतमा पसिना बेच्नेहरू थाकिरहेका थिए, सहर गएका युवा निराशा बोकेर फर्किन थालेका थिए ।
भीमसेनका बुबा समेत पहिले त्यही विद्यालयका पहिलो विद्यार्थी थिए । यतिबेला पर्खालमा हात राख्दै उनी भन्न थालेका थिए, “पढाइले अब पेट त भरिँदैन छोरा !”
भीमसेन मौन रहन्थ्यो । बुबाको कुरा सम्झेर आज उसको नजर ढुङ्गामा अडियो । मानौँ त्यो ढुङ्गा मौन किताब बनेको थियो ।
उसले ढुङ्गा समातेर जोरसँग भन्यो, “अब यो ढुङ्गा अक्षर बन्नेछ, जसले अन्धकार तोड्नेछ, गुरुजी !”
गुरुजी हल्का मुस्कुराएर भने, “ढुङ्गा त उफ्रिने भयो, भीमसेन, अब देशमा चेतना पनि उफ्रियोस् ।”
नन्दलाल आचार्य "त्यो खिया लागेको ढोका बाहिर यमराज मुस्कुराइरहेको छ, बाबु, तिमी भित्रै बस !"…
दुर्गा घिमिरे फुङ्ग्री उडेको धुलो, घुम्मिएको महिलो आकाश, जताततै काला बादलहरू। साना–साना नानीहरूलाई तर्साउन बिजुलीका…
गणेश आत्रेय मदनपोखरा,पाल्पा बैशाख आए नव लाग्छ साल। आनन्दको मौसम हालचाल॥ नाच्छन् खुशीले सब जीवजन्तु।…
मातातिर्थ औसीको उपलक्ष्यमा तुलसी पण्डित भैँसीले छट्पटीदै भुइमा पाडो खसाल्यो । पाडो खसेपछि भैँसी र्याल…