रमेशचन्द्र घिमिरे
जता हेरूँ राम्रो लाग्छ जता हेरूँ वेश
छैन होला नेपाल जस्तो अर्को कुनै देश
सगरमाथा हिमालले आकाश छोए जस्तो
मेची-काली बग्दै-बग्दै छाती धोए जस्तो
सुन्दर, शान्त, विशाल यो मेरो नेपाल देश
हाँसे जस्तो देख्छु सधैँ छैन रोए जस्तो
सेतो टल्ल टल्कने त्यो हिमालको टोपी
पहाडिया पछ्यौरीले बस्छ मुख छोपी
तोरीबारी कछाड लगाई हाँसेको छ तराई
हामी सबै नेपाली हौँ छैनन् कोही पराई
देखाए कि नेपालीले आफ्नो दरो आँट
भीमसेन आई सम्याए कि तराईको फाँट
डाँडाँकाँडा देख्छु कतै कतै हिउँचुली
जहाँ गए’नि प्रकृतिकै देख्छु चुरीफुरी
जता हेरूँ राम्रो लाग्छ जता हेरूँ वेश
छैन होला नेपाल जस्तो अर्को कुनै देश।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…