Categories: बाल कथा

“आमाकाे मायाँ”

पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा

झमझम झरी परिरहेका थियाे । आमा घाँस काटेर आईन । उनकाे फरियामा गाँठै गाँठा थिए । कतै प्वाल टालेका कतै खाजा बाँधेका गाँठाहरू । भाेकले आतुर म गाँठा खाेल्ने निर्णय गरें । तर थाहाथिएन कुन गाँठामा खाजा छ कुन प्वाल टालेकाे हाे भनेर । मैले एउटा गाँठाे खाेलिदिएँ । आामनकाे घुँडा ह्वाङ्गै भयाे । उनी धेरै रिसाइन् र गालामा ठ्याम्म एकचड्कन लगाइन् । म पनि नतमस्तक भएर सुँक्क सुँक्क राेएँ । आामा घाँस हाल्न गाेठतिर गइन ।” लाजै पार्याे माेराले टालेकाे गाँठा खाेलेर” । उनकाे मनले भन्दैथियाे “सायद भाेकै लागेर गाँठा खाेलेकाे हाेला ।” आमा धरमा फर्किन् ।

फरियाकाे अर्काे गाठाेे खाेलिन् । मेराे आशा पलायाे । भाेक अझ‌ै जाग्याे । मुखभरि पानी आयाे । उनले कचाैरामा ह्वारारा भुटेका मकै खन्याउँदै भनिन् ” ला‌ै खा ।” मैले अघिकाे चड्कन बिर्सें । आमाकाे मुखमा टुलुटुलु हेर्दै कर्याम कर्याम दाँत बजाउन थालेँ । आमा मेरै छेउमा पिंढीमा थचक्क बसिन् र खुइइय गर्दै मेराे टाउकाे सुम्सुम्याउन थालिन् । लिखा खाेजेर प्याट प्याटी ठुङ मार्न थालिन् । मैले यही माैका पारेर भने ” आमा अब म नसाेधी कहिल्यै फरियाका गाँठा फुकाउँदिन ल, नरिसाउन के ।” उनले तुरून्त जवाफ दिइन”रिसाएर के गर्नु ? तँ नै त हाेस् मेराे आँखाकाे रातिगेडी । आमा फिस्स हाँसिन् र म पनि फिस्स हाँसें” । मैले आमाकाे आँसु पुछिदिएँ आमाले मेराे आँसु पुछिदिइन् । आखिर अमृतै थियाे आमाकाे मायाँ । म मकै कुटु कुटु चपाउँदै उनक‌ काखमा लुटुक्क निदाएँ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago