Categories: बाल कथा

“परजीवी”

तुलसी पण्डित

जसो तसो गरेर छोराले डिग्री पास गर्यो । उसलाई पढाउन मलाई कति गाह्रो भएको थियो । ऊ हरबखत नयाँ नयाँ माग लिएर आउथ्यो । एकदिन उसले जुत्ताको माग गर्यो । मैले भने । “बाबुु पछि किनि दिउँला ।” “बाबा जुत्ता नकिनीदिने भए म भरेबाट घर बस्दिन ।” मैले धरै पाइन । ऋण गरेर छोरालाई भने । “ल हिड बजार ।”
छोरोले दोकानमा जुत्ता छानेर भन्यो । “बाबा मलाई यो जुत्ता मन पर्यो ।” “साहुजी यसको मूल्य कति हो ? ” “बीस हजार हो ।” “बाबु अरु जुत्ता रोजन ।” “नाइ बाबा यो जुत्ता नकिन्दिए म जुत्ता लगाउँदिन ।”
उसले बोले पछि मैले पुर्याउनै पर्यो । नत्र भोक हड्ताल सुरु हुन्छ ।


पछि उसले आफ्नो योग्यता अनुसारको काम पाएन । गाउँमै माष्टर भएर पढाउन थाल्यो । चार महिनामा एक पल्ट तलब बुझ्थ्यो । जागिरले घरमा सधैं अभाव खट्कियो । समस्या माथि समस्या बल्झियो ।
ऊ पूराना कपडा , फाटेका जुत्ता लगाएर स्कुल पढाउन जान्थ्यो । एक दिन मैले उसलाई भने ” बाबु के हो तिम्रो यस्तो चाला । पहिले त राम्रा राम्रा कपडा जुत्ता लगाउथ्यौ । अहिले जागिर खादा पनि यस्तो ? ”
“बाबा पीडा छ पीडा ।” “हेर मलाई सबैले मरिन्चे माष्टरको बाबा भन्छन् । तिम्रो इज्जत राख्न गाह्रो भएछ । एक जोर जुत्ता किनी देउ न ?” “बाबा म तलब आए पछि किनी दिउँला ।” केही समयपछि उसले भन्यो । “बाबा तलब आयो जुत्ता किन्न जाउँ बजार ?”
“ल बाबु मलाई यो जुत्ता मन पर्यो ।” “कति साहु जी यसको मूल्य ?” “यो जुत्ताको मूल्य छ हजार हो ।” “बाबा यो महङ्गो रहेछ । अर्को रोज्नुहोस् ।” “हेर छोरा तेरो इज्जत राख्न मैले यही जुत्ता लगाउनु पर्छ ।” ” बाबा मलाई कति गाह्रो छ घर ब्यावहार गर्न । हजुरलाई बोली दिए भयो ।” “हेर छोरा परजीवी भए पछि यस्तै हो । “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

1 hour ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

1 hour ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago