
भगवतीप्रसाद शर्मा
बिर्के टोपी लगाएर
भानु हिँडे सरासर।
कथ्य मीठो सबैलाई
आहा! भन्छौँ बरोबर।
त्यै रामायणले नै
पूर्व पश्चिम जोडियो।
अङ्ग्रेजी अहिले सिक्दा
झट्ट नेपाल छोडियो।
दुर्दशा अहिले यस्तो
कसले कसरी ग-यो।
अङ्ग्रेजी भूत आएर
सम्पत्ति सबको लग्यो।
खुशी छन् बाउ आमा नि
यस्तै रहोस् निरन्तर।
लर्को लागेर पार्दैछन्
स्वाहा स्वाहा फुमन्तर।।





