अमरबहादुर कार्की
एक जना प्रा. बि. का मास्टरले एक दिन आफ्ना स्कूलका साथीहरूलाई घरमा चिया पिउन बोलाए। तर घरमा चिनी सकिएको थियो। श्रीमती फतफताउन थालिन्, ‘यत्रो मान्छेहरू किन बोलाएको होला ? घरमा एक चम्चा चिनी त छैन।’
श्रीमतीको पिरोलो सुनेर मास्टरले भने, ‘तिमी त्यसको चिन्ता नगर। चिया बनाऊ र लेराऊ।’
श्रीमतीले चिया बनाएर लेराइन्। सबैको अगाडी चिया राखिदिएपछि मास्टरले भने, ‘तपाईंहरूले चिया लिनु अघि अलि बिचार गर्नु होला। यि चिया कपहरू मध्य एउटामा चिनी हालेको छैन्। जसले बिना चिनीको चिया भेट्टाउछ उसले अर्को हप्ता चियाको लागि हामी सबैलाई निम्ता दिनु पर्छ।’
त्यसपछि सबैले चिया पिउन थाले। तर कसैले आफुलाई खल्लो चिया परेको कुरा बताएनन।
स्रोत: अनलाइन मिडिया
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…
कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…