Categories: चुटकिला

जुक्ति

अमरबहादुर कार्की

एक जना प्रा. बि. का मास्टरले एक दिन आफ्ना स्कूलका साथीहरूलाई घरमा चिया पिउन बोलाए। तर घरमा चिनी सकिएको थियो। श्रीमती फतफताउन थालिन्, ‘यत्रो मान्छेहरू किन बोलाएको होला ? घरमा एक चम्चा चिनी त छैन।’
श्रीमतीको पिरोलो सुनेर मास्टरले भने, ‘तिमी त्यसको चिन्ता नगर। चिया बनाऊ र लेराऊ।’
श्रीमतीले चिया बनाएर लेराइन्। सबैको अगाडी चिया राखिदिएपछि मास्टरले भने, ‘तपाईंहरूले चिया लिनु अघि अलि बिचार गर्नु होला। यि चिया कपहरू मध्य एउटामा चिनी हालेको छैन्। जसले बिना चिनीको चिया भेट्टाउछ उसले अर्को हप्ता चियाको लागि हामी सबैलाई निम्ता दिनु पर्छ।’
त्यसपछि सबैले चिया पिउन थाले। तर कसैले आफुलाई खल्लो चिया परेको कुरा बताएनन।

स्रोत: अनलाइन मिडिया

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

10 hours ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

10 hours ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

11 hours ago

बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार

सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…

11 hours ago

निधार

संजिता भट्टराई धनगढीमाई,सिरहा गाईगोठको भक्कारो सोहोर्दै गरेकी जुनेलीको कानमा कच्ची बाटोबाट गुन्जिएको ठूलो हाँसो ठोकिन…

1 day ago

“बाल दिवसको सन्देश”

कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…

1 day ago