
बिन्दु पौडेल वस्ती
चितवन,भ.म.न.पा.- २
चैत्र महिनासँगै
जाँच आयो घुम्दै
हुन्छ ठूलो जाँच
गर्नुपर्छ साहस।
राम्रोसँग पढ्नु
आचरणमा रहनु
पालन गर ठूलाको
अनुकरण साराको।
समयलाई हेर
जथाभावी नलेख
प्रश्न राम्रो बुझेर
सफा अक्षर कुदेर।
सबै प्रश्न गर
छोड्नुहुन्न खेर
प्रश्न नम्बर लेख्नु
उल्टोपाल्टो नगर्नु।
ढिलो गर्नु हुन्न
छुट्न सक्छ प्रश्न
चाँडै गर्नु हुन्न
छोटो हुन्छ उत्तर।
केर मेर नगर
सर्र पढ उत्तर
छुटेकोमा थप्नु
फोहोर गरी नकेर्नु।
आउँछ प्रश्न धेरै
गर्नुपर्छ सबै
छोड्नुहुन्न गर्न
धेरै अङ्क ल्याउन।





