“रैथाने फल बयर”

 


लालबहादुर भुजेल

पाउँदी, नाउँदी, किरिञ्चे
खहरे, खाेल्सी बगर
झलझली सम्झन्छु म
थाने फल बयर।

मङ्सीर, पुसकाे बेलामा
घाँसे मैदान भीरमा
पाक्थ्याे बयर राताम्मे
नदी  खाेला तीरमा।

बयर निकै लाेकप्रिय
यसकाे पृथक स्वाद छ
परिकार बनाई खाइन्थ्याे
बच्चा बेलाकाे याद छ।

मेराे दिलमा गढेकाे छ
बयरकाे काँडा,
फलजति स्वादिलाे छ
अंकुशे राेप्छ  गाढा।

हरियाे खालकाे हाईब्रीड बयर
मङ्सिर – पुषमा आउँछ
रैथाने बयर जसले  खायो
उसले चाल पाउँछ।

बजारका जे पनि छन्
बासी बिग्रीएका,
गाउँले ताजा कहाँ पाइन्छ ?
छानी बिग्रिएका।

गाउँ घरका उपजहरू
हामी हेला गर्ने,
महङ्गा बासी चिजबिजमा
हामी भर पर्ने।

आत्मघाती गाेल जस्तै
दुर्भाग्यका कुरा,
समृध्दिकाे डुण्डी हाँकी
कहिले हाेला पूरा!!