
बैकुण्ठ पोख्रेल
चैत्र महिना बिदाइको महिना
दशौँ बर्षसम्म चंतलको आँगनमा
हाम्रा आँखा अगाडि
नचिरहेका,
हाँसी रहेका
हाम्रा मनका ढुकढुकीहरु
परीक्षा समाप्ति सँगै,
नयाँ संसारमा पदार्पण गर्दैछौ।।
त्यो नयाँ संसार,
त्यो नयाँ सपनाको मार्ग
समयले खोल्दै जानेछ।
बस् तिमी मिहेनत गर्दै जाऊ,
धैर्यता रत्तीभर नगुमाऊ।
चुनौतीले भरिएको सफलताको शिखर
लगनशीलता, निरन्तरता,हिम्मत
अनि आत्मविश्वासले मात्र चढ्न सकिन्छ।।
जीवनको नयाँ अध्याय शुरू गर्दै गर्दा
आफ्नो धरातल नबिर्सनु,
साथीसंगी नबिर्सनु।
दशकौँ सम्म घर परिवार
आफन्तजनबाट टाढा रहँदा
अंकल,आन्टी अनि वार्डेनहरुले
तिमी प्रति खान्याउनु भएको
माया ममता अनि वात्सलय नबिर्सनु!
नबिर्सनु ती तिम्रा स्पोंसरहरुलाई
जसले सामाजिक उत्तरदायित्व
मार्फत तिमीलाई
शिक्षाको उज्य्यालो देखाए।
नबिर्सनु ती तिम्रा प्रधानाध्यापक,
गुरुबा अनि
गुरुआमाहरुलाई
जसले सुनाउनु भएका
जीवन भोगाईका
ज्ञान अनि अनुभवले
तिमिलाई दिशानिर्देश गर्नेछन्,
सफलताको सिंढी चढाउनेछन्।
बस अनुशाशित भई परिश्रम र
लगन पछ्याउ,
तिम्रा कुनै सपना
अधुरा रहने छैनन्।।





