नैतिक शिक्षा


लालबहादुर भुजेल
अध्यक्ष,चाँगुनारायण साहित्यिक समाजर,भक्तपुर

धेरै पढनु, धन कमाउँनु
भन्थे टिकाे लाउँदा ।
झल्झल्ती सम्झन्छु म
ऐले दुःख पाउँदा ।।

सररर काप्थ्याैँ हामी
स्कुल, कलेज पढदा ।
याद आउँछ अग्रजकाे
बेथितिले छाउँदा ।।

घरमा हाेस् वा पाठशाला
अनुशासित हुन्थ्याैँ ।
सानालाई माया गर्थ्याैँ
ठुलासँग झुक्थ्याैँ ।।

चाेरी गर्नु, झुटाे बाेल्नु
ठानिन्थ्याे पाप पहिले ।
जे गरे नि छुट  ऐले
के जमाना ऐले !।।

पाठ्यक्रममा नैतिक शिक्षा
हुन्थ्याे त्यति वेला ।
गणतन्त्र आएपछि
नैतिक शिक्षा हेलाँ ।।

पैसा नाेक्शान भयाे भने
केही हुन्छ खति ।
जब हुन्छ स्वास्थ्य कमजाेर
अझ बढी क्षति ।।

चरित्र नै गुम्दा खेरि
सर्वस्व भाे अति ।
नैतिक शिक्षा राख्ने अरे
धन्य सरकार मति !।।