
फेसबुक कवि
बैत्यश्वर-६,दाेलखा
कुरा बुझ बाबु नानी,
बाबा भन्नुहुन्छ,
ओैलाभाँच्दै आमा पनि,
कामै गन्नुहुन्छ।
चाँडै सुत्ने चाँडै उठ्ने,
स्वस्थकर बानी,
शरीरलाई पुग्नेगरी,
पेऊ शुद्ध पानी।
नङ काट्ने दाँत माझ्ने,
काम आफ्ना जानी,
सफा खाना सफानाना,
स्वस्थ्य जिन्दगानी।
कुरा बुझ बाबु नानी,
बाबा भन्नुहुन्छ,
ओैलाभाँच्दै आमा पनि,
कामै गन्नुहुन्छ।
नभए काम धारा बत्ती,
बन्द गर्नुपर्छ,
समयमै गृहकार्य,
गरिसक्नुपर्छ।
झाेला पुस्तक खेलाैना,
मिलाई राख्नुपर्छ,
अन्य पुस्तक हरेकदिन,
पढ्दा ज्ञान बढ्छ।
कुरा बुझ बाबु नानी,
बाबा भन्नुहुन्छ,
ओैलाभाँच्दै आमा पनि,
कामै गन्नुहुन्छ।





