“असार महिना”


रञ्जुश्री पराजुली

खेतीको बेला आमा है रोपछिन्
मकै र भटमास
हरिया मकै रमाई खानछन्
भनेर सोच्द छिन्

कलिला मकै पोलेर दिन्छिन्
साधेर भटमास
गुनिलो खाजा मकै र भटमास
सबैलाई मन पर्छ

पोसिलो हुन्छ रसिलो पनि
यो हाम्रो ज्यानलाई
बिस्कुट र चाउचाउ भन्दा नि धेरै
मन पर्छ नानीलाई

असार महिना धान रोपाई हुन्छ
खेत गरा गरामा
पानी र मल यिनका दाना
खोज्द्छन् बेलामा

असारे भाखा तानेर खेतमा
रोपाइ गदर्छन्
पुरुष प्राय बाउसे गर्दछन्
हिलाम्य भएर

थकाइ मार्न डिलमा बस्छन्
खाजा त्यो थपेर
चिउरा आलु ज्यादै मिठो खाजा
त्यो असार भोकको

खाजाको स्वाद
जिब्रोमा गडदछ
बीउको बिटो हातमा लिई
काममा फर्किन्छ।