
रम्भा पौडेल
“लौका,टमाटर,आलु आयो।
सस्तो आयो हजुर।
लिनुस हजुर।
आलु ,प्याज ,लौका घिरौँला । लौ लिनुस हजुर । सस्तो । सस्तो ।”
साइकलमा टोकरी राखेर तरकारी बेच्दे हिडेको एउटा युवालई देखेर सन्तोषले बाबातिर फर्केर प्रश्न गर्यो, “बाबा यो मान्छेले साइकलमा के बोकेर हिँडेको ?”
“तरकारी बेच्दै हिडेको नी । सुनेनौ र ? आलु प्याज भनेको ?”
“सुने नी । तर अरुले त आफ्नो पसलमै राख्छन नी ।”
“हो धेरैले पसलमै राख्छन् । कसैकसैले यसरी साइकलमा राखेर घर घर पनि पुर्याउँछन नि।
आफूले उत्पादन गरेको सामान यसरी घरघरमा बेच्न लाज मान्नु पर्दैन बाबु । सबै मानिसले आफ्नो काम गरेर खानुपर्दछ । यसरी बेच्दा झन् फाइदा हुन्छ । एक, पसलको भाडा तिर्नु पर्देन, अर्काे जनताले ताजा तरकारी घरमै पाउँछन् र बेच्ने मानिसले पनि सस्तो बेच्दा पनि घाटा जादैन किनकि भाडा तिर्नु पर्देन । जा न बाबु, हाम्रो पनि बारीमा फलेका तरकारी यसैगरी साइकलमा बेचेर आउ न । तिमी त अब ठुलो हुन लाग्यौ नि ।”
“नाइ म त सक्दिन, दाइलाई भन्नु न । उसले गर्छ ।”
“यस्ता काम गर्न हामी नेपालीलाई लाज लाग्छ ।” बाबाले अलि कडा स्वरमा भन्नुभयो —
हेर उनीहरु उता भारतबाट यहाँ आएर काम गरेका छन् । उनीहरुलाई काम गर्न लाज लाग्दैन । तिमीहरुलाई त लाज लाग्छ । आफ्नो काम गरेर खान लाज मान्नु हुँदैन बाबु । विदेशमा गएर जस्ता काम पनि गर्छन् ।”
बाबाले भन्दै जानु भो “ए ठुले जाउ अब तिमीहरुले बिहान तरकारी बेच्ने अनि मात्र कलेज जाने । नभए त कलेज जाने खर्च कसरी पुरायउने ?”
ठुलेले पल्लो घरको ढोकातिर हेरिह्यो । साथी रमेशका बाबाले भित्रबाट गाडी बाटोमा निकाले । रमेश कलेज जान बाबुको गाडीमा बस्यो । यता ठुलेले उ गएतिर हेरिरह्यो र मनमनै भन्यो, “पख तँ मात्र गाडी चढ्ने । तँ त आज बाउको गाडीमा चढिस् । म एक दिन मेरो बाउलाई चढाएर देखाउँछु । म काम गर्न लाज मान्दिन । तरकारी बेचेर व्यवसाय शुरु गर्छु ।”





